default_image

10 years ago

January 12, 2016

ताप्लेजुङले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ हरायो

198 views

0 Bookmark

फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव

दिपक बोहोरा ,पाचथर

फिदिम स्पोटिङ क्लबको आयोजनमा पााचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ (केएसएस) ले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ २ को बिरुद्ध १ गोलले हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । सुरुबाती अग्रता झापाले लिए पनि यसलाई जोगाउन नसक्दा झापा निरहि बन्न पुग्यो । खेलको पहिलो हाफमा गोल गर्दै झापाले अग्रता लिएको थियो । राम्रा खेलाडी भएपनि खेल नमिल्दा पहिलो हाफमा ताप्लेजुङ दवाबमा परेको थियो । पहिलो हाफको सातौ मिनेटमा झापाका वुद्ध चेम्जोङले गोल गर्दै अग्रता दिलाएका थिए ।

falgunanda cup

स्टार खेलाडिले भरीएको झापामा कर्ण लिम्बुको साथ धेरै बेर रहन सकेन धाइते भएर उनले मैदान छाडे । दोश्रो हाफमा आक्रामक देखिएपछि ताप्लेजुङका डिफेण्डरले हातले गोल रोकेपछि रेडकार्ड पाएर वाहिरीएपछि थप दबाव पर्यो । दोश्रो हाफको ३१ औा मिनेटमा रोजीन धिमालले दिएको पासलाई हेड मार्फत अफ्रिकन अग्ला खेलाडी सेगुन हिथ्योले गोल गर्दै खेल बरावरी बनाएका थिए ।

निर्धारीत ९० मिनेट सम्म पनि खेल बराबरी भए पछि थपिएको अत्तिरिक्त समयको अतिरिक्त समयको दोश्रो हाफको तेस्रो मिनेटमा रोजीन धिमालले प्रहार गरेको फ्रि किकलाई विजय घिमालले हेडमार्फत गोलनै ताप्लेजुङको जितका लागि पर्याप्त बन्यो । यो फागुनन्द गोल्ड कप प्राय टिममा ए डिभिजनका खेलाडि हरु सामेल भएको पाइन्छ । आजको खेलमा पनि बिजय धिमाल ,कर्ण लिम्बु , वुद्ध चेम्जोङ आदि रहेका थिए । आजको खेलमा ताप्लेजुङका रोजीन धिमाल म्यान अफ दि म्याच घोषित भए ।

ताप्लेजुङको भेट सेमि फाईनलमा केएफसि फुटवल क्लब सिक्खिमसाग हुने छ फिदिम स्पोर्टिङ क्लबको आयोजनामा फिदिममा जारी प्रतियोगिताको मंगलावर चर्च ब्वाईज क्लव काठमाण्डौ र एपिएफ पुर्वाञ्चल भिड्दै छन ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.