default_image

8 years ago

February 20, 2018

कर्णको निर्णायक गोलमा संकटाद्वारा थ्रीस्टार पराजित

136 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा सीएमजी संकटाले रुस्लान थ्रीस्टारलाई १-० ले हराएको छ ।

संकटाको जितमा क्लबसँगै हालै टोलीमा सम्मिलित खेलाडी कर्ण लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफको ८३ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै टोलीलाई जित दिलाए ।

खेलको २१ औं मिनेटमा अजयी मार्टिन्सको प्रहार विनय श्रेष्ठले आकर्षक बचाऊ गरेका थिए । ४१ औं मिनेटमा संकटाका प्रकाश बुढाथोकीको हेडर थ्रीस्टारका गोलकिपर एलेन न्यौपानेले बचाऊ गरे भने त्यसको एक मिनेटपछि थ्रीस्टारका लागि मार्टिन्सको वन-अन-वन विनय श्रेष्ठले फेरी बचाऊ गरे । पहिलो हाफ सकिन अघि सुनिल बलको कर्नरमा निरज बस्नेतले हेडिङ गरेपनि सो प्रहार विफल भएको थियो ।

त्यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा विश्व अधिकारीको कर्नर एलेनले बचाऊ गरे भने ८९ औं मिनेटमा सुनिलको प्रहार क्रसबारमा लाग्दा थ्रीस्टारले खेल बराबर गर्ने मौका गुमाएको थियो । ९० औं मिनेटमा कर्णको प्रहार पनि क्रसबारमा लागेर फर्केको थियो ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार्न पुगेको बताए । आज खेलाडीहरु फिट नभएका कारण विश्राम दिँदा र विपक्षी संकटा डटेर खेल्दा पराजय भोग्नुपरेको पनि केसीले थपे ।

त्यस्तै विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले पनि रणनीति बनाएर खेल्दा लयमा रहेका निराजन खड्कालाई रोक्न सफल भएको बताए । आफ्नो टोलीको प्रदर्शनबाट खुशी रहेको र आगामी प्रतियोगितामा पनि सो जारी राख्न कोसिस गर्ने खड्गीले खेलपछिको पत्रकार सम्मेलनमा जानकारी गराए ।

खेलमा निर्णायक गोल गरेका कर्ण लिम्बु नै खेलको म्यान अफ द म्याच पनि चुनिए । यस जितसँगै संकटाले प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.