default_image

10 years ago

January 12, 2016

मेस्सिको ब्यालोन डो’र जितमा नेपालको पनि सहयोग

151 views

0 Bookmark

ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए|

Anil Gurung and Patrick Aussems

पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए|

प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, दोश्रोमा मेस्सी र तेश्रोमा एलेक्सीस स्यान्चेजलाई मत हालेका थिए भने कप्तान अनिल गुरुङ्गले आफ्नो मतमा रोनाल्डो, मेस्सी र केभिन डे ब्रुएनलाई राखेका थिए| प्रशिक्षक तर्फ गुरुङ्गले पेप गुआड्रीओला, लुइस एन्रिके र जोर्गे साम्पाओली लाई मत दिए भने ओजेम्सले डिएगो सिमिओनी, पेप गुआड्रीओला र लुइस एन्रिकेलाई चुने|

पत्रकार घिसिङ्गले भने खेलाडीतर्फ क्रमश: मेस्सी, रोनाल्डो र आर्टुरो भिडाललाई र प्रशिक्षक तर्फ लुइस एन्रिके, जोर्गे साम्पाओली र मासीमिलानो अलेग्रीलाई मत दिए |

यसैगरी महिलातर्फ कप्तान अनु लामाले विजेता क्यर्ली लोयड, हेनरी अमानदाइन र सेलिया स्यसिचलाई मत दिएकी थिइन| प्रशिक्षक कुमार कटवालले भने क्यर्ली लोयड, सेलिया स्यसिच र हेनरी अमानदाइनलाई मत दिए| लामाले प्रशिक्षक तर्फ सासाकी नोरियो, एलिस जिल र बेल कोलिनलाई मत दिइन भने कटवालले एलिस जिल, सासाकी नोरियो र बेल कोलिनलाई मत दिए|

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.