default_image

8 years ago

February 22, 2018

च्याम्पियन्स लिगमा युनाइटेड रोकियो, रोमा पराजित

100 views

0 Bookmark

सेभिया (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस टोली सेभिया र इंग्लिस टोली म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् ।

सेभियाको घरेलु मैदानमा खेलिएको सो खेलमा सेभियाले खेल नियन्त्रणमा राख्दै कैयौं प्रहार गरे पनि युनाइटेडका गोलकिपर डेभिड डे गेयाले तिनको उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा सम्हालिराखे । अब दोस्रो लेग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा मार्च १४ मा खेलिने छ ।

त्यस्तै गए रातिको अन्य खेलमा शाख्तार दोनेस्कले एस रोमालाई २-१ ले पराजित गर्न सफल रह्यो । पाहुना टोली रोमाले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल गर्दै घरेलु टोलीले खेल उल्टाएको थियो । यी दुई टोलीको दोस्रो लेग पनि मार्च १४ मा नै खेलिने छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.