8 years ago
February 22, 2018
लेगानेस (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले तालिकाको बाह्रौं स्थानमा रहेको लेगानेसलाई ३-१ ले हराएको छ । यस खेलमा रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो।
खेलको छैटौं मिनेटमा कर्नरमा पाएको अवसर घरेलु टोली लेगानेसले सदुपयोग गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । घरेलु टोलीका लागि उनाइ बस्टिन्जाले गोल गरेका थिए । तर सो गोलपश्चात रियलले खेल पुरै उल्टाउन सफल रह्यो ।
बक्सभित्र पाएको अवसरलाई लुकास भाजक्वेजले परिणत गर्दै रियललाई एघारौं मिनेटमा खेलमा फर्काएका थिए । त्यस्तै २९ औं मिनेटमा कासमिरोले पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको अन्तिम समयतिर पाएको पेनाल्टीलाई सर्जियो रामोसले परिणत गर्दै टोलीको जित सुनिश्चित गरे । यस जितसँगै रियलको २४ खेलमा ४८ अंक रहेको छ र तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।
पहिलो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक रहेको छ भने उत्तिकै खेलमा दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको ५५ अंक रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]