default_image

8 years ago

February 22, 2018

संकटालाई पराजित गर्दै पुलिस हेटौंडा गोल्डकपको फाइनलमा

116 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)– तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सीएमजी संकटालाई २-० ले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।  खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

Nepal Police Club

विजय यूथ क्लब बिरुद्ध ३-० को प्रभावशाली जित हात पार्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको नेपाल पुलिस क्लबले आजको सेमिफाइनल खेलमा पनि सुरुआतमै अग्रता लिन सफल भएको थियो। खेलको १९ औँ मिनेटमा सुमान लामाले मिलाएको पासलाई हेड गर्दै दिनेश राजबंशीले गोल गरेका थिए ।

दोस्रो हाफको सुरुआतमा संकटा केहि आक्रामक देखिएपनि खेलमा फर्किन सकेन। ४९ औँ मिनेटमा संकटाका सेड्रिक अबाले गरेको हेडर पुलिसका किपर सत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । बिपक्षी थप खतरनाक देखिनु अघिनै निरकुमार राईले २ रक्षकलाई छाल्याउदै उत्कृष्ट गोल गरेपछि पुलिसको अग्रता दोब्बर भएको थियो । उक्त गोलपछि संकटाले खेलमा फर्किने कुनै मौका नपाएपछि नेपाल पुलिसले २-० ले खेल जितेको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.