10 years ago
January 12, 2016
दिपक बोहोरा ,पाँचथर
फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा एपिएफ पुर्वाञ्चल चर्च ब्वाईज क्लव काठमाण्डौ संग पराजीत भएको छ ।
फागुनन्द गोल्ड कपका चौथाँे र पाचौँ संस्करणको विजेता एपिएफलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै मंगलवारको खेलमा ब्वाईजले जित निकालेको हो । । खेल सुरु भएको १४ औँ मिनेटमा ब्वाईजका यलसाङ्ग लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अन्तरले अग्रता हासिल गरेको व्याईजका खेलाडीले दोश्रो हाफमा दुई गोल गर्दै फराकिलो जित निकाले
दोश्रो हाफको ८ औँ मिनेटमा मउसा वल्लोको पासलाई निशान लिम्बुले जाली चुमाउदा एपिएफ थप दबावमा प¥यो दोश्रो हाफको ३५ औँ मिनेटमा रोहित गुरुङले थप एक गोल गर्दै अन्तर फराकिलो बनाए खेल अवधिमा एपिएफका पाँच खेलाडीले पहेलको कार्ड खाएका थिए ।
ब्वाईजले चार जना विदेशी खेलाडी मैदानमा उतारेको थियो । चर्च व्याईजले सेमी फाईनलमा विहिवार आयोजक फिदिम स्पोर्टिङको समाना गर्ने छ । वुधवारको पहिलो सेमीफाईनल खेलमा काम्राङ फटवल क्लव सिक्खिम र कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ विच प्रतिस्पर्धा हुने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]