default_image

8 years ago

February 23, 2018

युरोपा लिगमा आर्सनल पराजित; एग्रीग्रेटमा अर्को चरण प्रवेश

120 views

0 Bookmark

लण्डन (एजेन्सी)-  गए राति युरोपा लिगको अन्तिम ३२ को खेलमा इंग्लिस टोली आर्सनल घरेलु मैदानमा स्विडिस क्लब ओस्टरसुन्ड्ससँग २-१ ले पराजित भएपनि अन्तिम १६ को यात्रा तय गरेको छ । पहिलो लेगमा खेल ३-० ले जितेको आर्सेनलले एग्रीग्रेटमा ४-२ ले नतिजा आफ्नो पक्षमा पार्दै अर्को चरण प्रवेश गरेको हो।

स्विडेनमा भएको पहिलो लेगको खेलमा ३-० ले विजयी भएको आर्सेनलले दोस्रो लेगमा सुरुआती ११ दोस्रो रोजाईको खेलाडीहरुलाई प्रथामिकता दिएको थियो ।  खेलको २२ औ मिनेटमा भ्रमण टोलीका होसाम आइश र २३ औँ   मिनेटमा केन सोमाले गोल गरेपछि अर्सेनल २-० ले पछि परेको थियो । खेलको ४७ औँ  मिनेटमा कोलासिनाचले गोल गर्दै नतिजा २-१ बनाए ।

गए रातिनै भएको अर्को खेलमा केभिन गामियेरोको १ गोलको मदतले एफसी कोभेनहेगन विरुद्ध १-० ले जित हात पर्दै एट्लेटीकोपनि अन्तिम १६मा प्रवेश गर्न सफल भयो । एट्लेटीकोले  एफसी कोभेनहेगनलाई एग्रीग्रेटमा पनि ५-१ ले पछि पार्यो ।

अर्को खेलमा जर्मन टोली बोरुसिया डर्टमुण्डले इटालियन टोली एट्लान्टासँग १-१ को बराबरी खेलेपनि अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।पहिलो लेगमा घरेलु मैदानमा ३-२ ले विजयी डर्टमुण्डका लागि गए रातिको खेलमा मार्सल स्मेल्जरले गोल गरे भने घरेलु टोलीका तर्फबाट ब्राजिलियन राफेल टोलोईले गोल गरे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.