default_image

8 years ago

February 23, 2018

‘नेयमार रियल जानु पर्दछ’- गुटी

161 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– नेयमारले खेल जीवनलाई नयाँ उचाई दिने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल म्याड्रिड जानु पर्ने क्लबका पूर्व हस्तीले बताएका छन् ।

सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको २५ वर्षे नेयमार पछिल्लो समय भने रियल जाने व्यापक चर्चा चलिरहेको छ । १५ वर्ष रियलमा बिताएका गुटी नेयमार खेल जीवनको नयाँ उचाईका लागि रियल जानु पर्ने बताउँछन् ।

‘मलाई लाग्छ अन्तत उनलाई बार्सिलोना जस्तो महत्वपूर्ण क्लब आवश्यक पर्दछ । अहिले उनले पिएसजीमा प्रभाव जमाएको च्याम्पियन्स लिगमा मात्र याद हुन्छ ,’ गुटीले भने, ‘तर, उनी भविष्यमा अझै राम्रो हुन चाहन्छन् भने उनी रियल जान आवश्यक छ । तर क्रिस्टियानो रोनाल्डो हुँदा हुँदै नेयमार रियल जाने सम्भावना केहि कठिन पनि छ । उनी दुई तीन वर्षमा भने त्यहाँ पुग्न सक्छन् ।’

रियल अहिले २४ खेलमा ४८ अंक जोड्दै ला लिगाको तेस्रो स्थानमा छन् । शीर्षस्थानको बार्सिलोनासँग रियल अझै १४ अंकले पछाडि छ । लिग १ मा २६ अंकमा ६८ अंक जोडेको पिएसजी दोस्रो स्थानको मोनाकोभन्दा १० अंकले अगाडी छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.