default_image

8 years ago

February 23, 2018

हेटौंडा गोल्डकप फाइनल – अनुभवी आर्मीविरुद्ध पुलिसको चुनौति

192 views

0 Bookmark

अमृत चिमरिया
हेटौंडा – टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगितामा लगातार तेस्रो पटक फाइनल खेल्ने त्रिभुवन आर्मी क्लब एक्लो टाली हो । यसअघिका दुइपटकको फाइनल आर्मी र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच भएको थियो । पहिलो संस्करण मनाङ र दोस्रो आर्मीले जितेको थियो ।

हेटौंडामा फाइनल खेल्ने अनुभवी आर्मीले यसपटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ । यसपटक मनाङलाई सेमिफाइनलमा १–० ले हराउँदै आर्मीले पुलिससँगको फाइनल भेट पक्का गरेको थियो । पुलिस त्यहि टोली हो जुन कुनै समय नेपाली फुटबलको सबैभन्दा बलियो टोली मानिथ्यो ।

राजधानीमा हुने लिग होस् वा नकआउट र मोसफलका नकआउट प्रतियोगिताको सदाबहारमा पुलिसको नामा पर्ने गथ्र्यो । तर पछिल्ला केहि वर्ष पुलिस यति कमजोर भयो की लगभग गुमनामको अवस्थामा पुग्यो । अहिले फेरि दृश्य फेरिएको छ पुलिसले पुनरागमनको संकेत गरेको छ ।

माघको सुरुआतमा राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पुलिसले माघ २० गते पोखरामा १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्यो । त्यसको अर्को साता टोलीले धरानमा २० औं बुढासुब्बा रेडबुल नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्यो । अहिले टोली शनिबार अर्को फाइनलको तयारीमा जुटेको छ । २ उपाधि जितिसकेको पुलिस तेस्रो उपाधि जित्ने तयारीमा रहेको छ ।

अर्को तिर आर्मी छ जसले यो सिजन घरेलु फुटबलमा उपाधि जित्ने क्रममा अन्य क्लबलाई निकै पछाडी छाडिसकेको छ । पुलिससँग मनाङ र रुस्लान थ्री स्टार क्लबले समान २ उपाधि जित्दा आर्मीले ५ वटा उपाधि आफ्नो नाममा लेखाइसकेको छ । गत साता रुस्लान नवौं सिमरा गोल्डकपको उपाधि जितेको आर्मीले त्यसअघि नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप, मेत्री नेत्रालय काकरभिट्टा गोल्डकप, सताक्षी गोल्डक र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो ।

आर्मी पहिलो पटक फाइनलमा पुलिसको सामना गर्दैछ । शनिबार हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपाने टोली सिजनको छैटौं उपाधि उचाल्न उत्साहित रहेको बताए । उनले भने, केही खेलाडी सामान्य घाइते छन् । खेलमा थोरै अवसर पाइन्छ । त्यहि अवसरको उपयोग गर्दै जित्ने हाम्रो लक्ष्य हुनेछ ।

पुलिसका प्रशिक्षक अनन्त थापाले लयमा रहेको आफ्ना युवा खेलाडीको टोलीले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । पुलिसका कप्तान हेम तामाङले टिम वर्कनै आफ्नो टोलीको बलियो पक्ष रहेको उल्लेख गर्दै उपाधि जित्नेमा विश्वस्त रहेको बताए । आर्मीका कप्तान भरत खवासले उपाधि जित्ने रणनीतिका साथ उपाधि जित्नेमा आशावादी रहेको बताए । आर्मीले सेमिफाइनलमा मनाङलाई हराउनु अघि क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

अर्को तिर पुलिसले क्वार्टरफाइनलमा विजय यूथ क्लबलाई ३–० ले सेमिफाइनलमा सिएमजी क्लब संकटालाई २–० ले हराएको थियो ।सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले गरेको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.