default_image

8 years ago

February 24, 2018

युरोपेली लिगमा नेयमारमाथि सबैभन्दा बढी फाउल

142 views

0 Bookmark

पेरिस (एजेन्सी)– युरोपका मुख्य लिगमा यो सिजन अहिले सम्म सबैभन्दा बढी फाउल हानिएका खेलाडीको सुचिमा पेरिस सेन्ट जर्मन (पिएसजी) का नेयमार सबैभन्दा माथि रहेका छन् ।

२६ वर्षे ब्राजिलियन नेयमार यो सिजन अहिले सम्म ९६ पटक फाउलको शिकार भएका छन् । दोस्रो स्थानमा फ्रान्सेली क्लब लियोनका नबिल फेकीर छन् । उनीमाथि नेयमारको भन्दा ७ वटा फाउल कम छ ।

आरएमसी स्पोर्टसले युरोपेली लिगका बढी फाउल हुने खेलाडीमध्ये शीर्ष १० को नाम सार्वजनिक गरेको छ । नेयमारमा औसतमा १७ मिनेट ४६ सेकेन्डमा एकपटक फाउल हुने गरेको छ ।

नेयमारका सहकर्मी मार्को भेराटी फ्रेन्च लिगमा सर्वाधिक फाउल हुने खेलाडीको सुचिमा छैटौं नम्बरमा पर्दछन् । फाउलका वावजुद बार्सिलोनाका पूर्व खेलाडी नेयमारले फ्रेन्च लिगमा यो सिजन फिट रहदै १९ गोल गरिसकेका छन् । १९ लिग १ को खेलमा उनले अहिले सम्म १२ एसिस्ट पनि गरिसकेका छन् ।

प्रिमियर लिगमा वाटफोर्डका रिचार्लिसन सबैभन्दा बढी फाउल हुने खेलाडीमा पर्दछन् । जीरोनाका बोर्जा गार्सिया इटालीमा र स्पेनमा अलेजान्द्रो गोमेज सर्वाधिक फाउलको शिकार हुने खेलाडीमा पर्दछन् । त्यस्तै साल्काका अमिन हारिट बुन्डेसलिगामा सबैभन्दा बढी फाउलको शिकार भएको तथ्याङक छ ।

सर्वाधिक फाउल हुने खेलाडीको सुचि
नेयमार, पिएसजी
नबिल फेकिर, लियोन
बोर्जा गार्सिया, गिरोना
मुनिर, अल्भेस
रिचार्लिसन, वाटफोर्ड
अमिन हारिट, साल्के
मालकोम, बोर्डो
केभिन प्रिन्स बोएटङ, फ्रान्कफर्ट
डेले अली, टोटेनह्याम

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.