default_image

8 years ago

February 26, 2018

‘फुटबल बिर्गेको टुलुटुलु हेरर बस्न सक्दिन’-एन्फा पूर्वअध्यक्ष थापा

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेपाली फुटबल बिर्गेको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । फुटबल गतिविधिमा आफुमाथि प्रतिबन्ध लागेको प्रसंग कोट्याउँदै थापाले आफ्नो नेतृत्वमा गठित नेपाल स्पोर्टस अर्गनाइजेसनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोमबार भने,‘ तर मलाई फुटबलका विषयमा बोल्नै नहुने गरि प्रतिबन्ध लगाएको हैन । फुटबल मेरो रगत रगतमा छ । मलाई फुटबलको चिन्ता छ ।’

एन्फा निर्वाचन नजिकिदै गर्दा थापामाथि निर्वाचन प्रभावित गर्नेगरि सक्रिय भएको आरोप लागेको छ । पत्रकार सम्मेलनमा अधिकांश समय फुटबलका विषयमा बोलेका थापाले एन्फा निर्वाचनकै बेलामा अर्गनाइजेसनको जानकारी दिन कार्यक्रम आयोजना गर्नु संयोग मात्र भएको स्पष्ट पार्ने प्रयास गरे ।

एन्फा अध्यक्षका उम्मेदवार कर्मा छिरिङ शेर्पाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थापाले फुटबल शेर्पाको नेतृत्वमा गए त्यो दुर्भाग्य हुने दाबी गरे । ‘उहाँले चुनाव जित्नु भयो भने एन्फा कुनै पार्टीको भातृ संगठन हुनेछ ।’ २०५२ सालदेखि दुई दशक एन्फाको नेतृत्व गरेका थापालाई फिफाले १० वर्षको प्रतिबन्ध लगायपछि २ वर्षयता उनी नेपाली फुटबलबाट अलग छन् । तर, शर्पा पक्षले भने उनी निर्वाचनलाई प्रभावित गर्न सक्रिय रहेको आरोप लगाउँदै आएको छ ।

आफु नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी भएको नबिर्सन भन्दै थापाले शर्पा पक्षको एन्फा परिवर्तनको नारा आफुले नबुझेको बताए । ‘मसँग २५ वर्ष बसेकाहरु आज चेन्ज एन्फा भन्दै छन् । त्यहाँ भएका कतिपयलाई मसँगै बसेर काम गरे ,’ थापा त्यतिमा रोकिएनन्, यदि परिवर्तन नै गर्ने हो भने मैले फिफा र सरकारको सहयोग विना एन्फा कम्प्लेक्स बनाए, त्यस्तै अर्को कम्प्लेक्स बनाएर देखाउनुहोस्, त्यो हो चेन्ज । ८ करोड रुपैयाँ वचत गरेर राख्दिएको थिए, ९ करोड वचत गरेर देखाउनुहोस् , १ करोडको लिगमा २ करोड दिनुहोस्, राष्ट्रिय खेलाडीलाई १५ हजार रुपैयाँ तलब दिन सुरु गर्यो, त्यो बढाउनुहोस्, क्लबहरुको सुविधा बढाउनुहोस् । अनि हुन्छ चेन्ज । व्यक्ति फेरिनु मात्र तपाईहरुको चेन्ज हो भने भन्नु केहि छैन । ‘

उनले आफ्नो पालामा गरेका कामकै आधारमा पछिल्ला समयमा प्राप्त सफलता मिलेको दाबी गर्दै थापाले भने, ‘विमल घर्ती मगर, रोहित चन्द जस्ता खेलाडी अरु जन्माएर देखाउनुहोस अनि परिवर्तन मान्न सकिन्छ । ‘ आफु कुनै अदृश्य शक्ति नभइ देखिने रुपमा आएको उल्लेख गर्दै थापाले भने, ‘मैले कुनै सभा समारोह गरेर कसैका पक्ष वा विपक्षमा बोलेको छैन । सोध्न आउनेलाई भनेको मात्र हु । कसैले सोधे भने अझै भन्छु शेर्पाको नेतृत्वमा नेपाली फुटबल अघि बढ्न सक्दैन । मलाई लुक्नु पर्ने वा भाग्नु पर्ने केही छैन ।’

एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हमामसँग छोरामार्फत लिएको रकमलाई जसरी व्यख्या गरेपनि आफुलाई त्यसमा केहि भन्नु नभएको दोहोराउँदै थापाले भने, ‘तर देश भित्र ५८ करोड होइन ५८ रुपैयाँ पनि मैले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौति दिन्छु ।’

थापाले शर्पा सुर्धेर आएको खण्डमा र सबैलाई सहमतिमा लिएर अघि बढेमा आफुलाई कुनै आपत्ती नहुने पनि बताए । ‘सबैलाई समेट्ने हिसाबले अघि बढ्होस । मैले बोल्नै पर्दैन ,’ थापाले फुटबलमा आफुले धेरै काम गरेको उल्लेख गर्दै भने, ‘मैले नेपाली फुटबलमा कर्मा छिरिङको भन्दा बढी रगत र पसिना बगाएको छु । तर, विशेष परिस्थितिले म फुटबलबाट बाहिर छु ’ मैले नेपाली फुटबलको विषयमा चिन्ता लिन नपाउनु ।’
उनले थपे, ‘नेपाली फुटबलमा उहाँको नेतृत्व राम्रो छैन भनेर मैले ठाउँ ठाउँमा भनेको छु । फुटबलमा ३५ वर्ष र गोल्ड मेडलिस्ट भएको कारणले मैले उहा एन्फाका लागि उपयुक्त मान्छे होइन भन्ने गरेको छु । नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरेर बस्न सक्दिन ।’

शर्पाको समूह गलत ढंगले अघि बढेको आरोप थापाले लगाए । उनले अगाडि भने, ‘म के मात्रै भन्छु भने शेर्पा अहिले गलत बाटोबाट आउनु भएको छ । उहाँलाई सच्चिने समय अझै छ । सच्चिएर आएर एन्फाको नेतृत्व लिदै नेपाली फुटबलको विकासमा मेरो शेर्पा शुभकामना र शुभेच्छा छ ।’ थापाले निर्वाचनबाट शेर्पा वा मणि कुवर जो आएपनि आफुलाई फरक नपर्ने उल्लेख गर्दै भने, ‘मेरो लागि कर्मा र मणी बराबर हुन् । जो आउँदा नी केहि छैन । ‘

एन्फाको नयाँ नेतृत्वको चैत १४ गते हुदैछ । निर्वाचनमा अध्यक्ष पदको लागि एन्फाका पूर्व उपाध्यक्ष शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष कुवरको उम्मेदवारी परेको छ । ४ उपाध्यक्षका लागि ११ र १२ सदस्यका लागि ३७ जनाको उम्मेदवारी परेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.