पुष २९ गते, काठमाडौं ।
ताजिकस्तानले यु-१४ गर्ल्स फूटबलको आयोजना गर्ने भएको छ, प्रतियोगिता अप्रिल २३ तरिखबाट सुरु हुनेछ । प्रतियोगितामा ९वटा राष्ट्रहरुले सहभागिता जनाउने छन ।
आयोजक ताजिकस्तान सहित नेपाल, बाङ्लादेश, भुटान, भारत, ईरान, क्रीगिस्तान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउने छन्, प्रतियोगिताको फाइनल खेल मे १ मा खेलाईने छ । नौ वटा टोलीलाई दुइ समुहमा बिभाजित गरेर दुइ समुहमा बाडिने छ ।
नेपालले पनि प्रतियोगिता आयोजना गर्न दबेदारी प्रस्तुत गरेको थियो ।