default_image

8 years ago

February 27, 2018

जापानमा क्योदाई सिजुकालाई फुटसल उपाधि

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– क्योदाइ सिजुका एफसीले जापानमा नेपाली समुदायबीच भएको दोस्रो तेन्जिङ ल्याड्स कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक तेन्जिङ ल्याड्सलाई शनिबार ५–३ ले हराउँदै क्योदाइले उपाधि जितेको हो । श्री गणेश खुकुरी एफसीले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको जापानबाट प्रदीप राईले हाम्रो खेलकुदलाई जानकारी दिए । श्री गणेशले फुकोका ब्रदर्शलाई ३–० ले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।

विजेता टोलीले २ लाख ५० हजार, दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.