8 years ago
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले मंगलबार हिरो इन्डियन लिग (आइ लिग) सफलता हासिल गरेको छ । मोहन बगानले इन्डियन एरोजलाई २–० ले हराएको छ । यद्दपी सो खेलमा विमलले भने मौका पाएनन् ।
मोहन बगानका लागि डिपान्डा डिकाले २६ औं र अक्रम मोगराबीले ४१ औं मिनेटमा गोल गरे । १० टोलीको सहभागिता रहेको आइ लिग अन्तिम चरण तिर पुग्दा विमलको टोली मोहन बगान २७ अंकसहित चौथो स्थानमा छ । मोहन बगानले यो सिजन १६ खेलमा ६ खेलमा बराबर र ३ खेलमा हार बेहोरेको छ ।
१६ खेल खेलेको नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको टोली मिनेर्भा ३२ अंकसहित शीर्षस्थानमा छ । १७ खेलमा निरोका ३१ अंकसहित दोस्रो र १६ खेलमा तेस्रो स्थानको इष्ट बंगालको २९ अंक छ । इन्डियन एरोज १५ अंकका साथ अंक तालिकाको पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]