default_image

8 years ago

February 28, 2018

जापानले एन्फाको पूर्वाधार निर्माण र स्तरउन्नतीमा सहयोग गर्ने

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापान सरकारले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा रहेको मैदानको भौतिक पूर्वाधार स्तरोन्नतीमा लागि सहयोग गर्ने भएको छ ।

सम्झौतामा हस्ताक्षरपछि नेपालका लागि जापानी राजदुत मासासी ओगावा र एन्फा महासचिव धिरेन्द्र प्रधान (बायाँ) । विवेक सुवेदी /हाम्रो खेलकुद

जापानी दुतावास पानीपोखरीमा बुधबार आयोजित सम्झौता पत्रमा नेपालका लागि जापानी राजदुत मासासी ओगावा र अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधानले सम्झौतामा हस्ताक्षर गरेका थिए । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुसट्स प्रोजेक्ट अन्तर्गत झन्डै ७४ लाख रुपैयाँ सहयोग गर्न लागेको हो ।

एन्फा महासचिव प्रधानका अनुसार सहयोग रकमबाट टेक्निकल एन्फा कम्प्लेक्समा रहेको मैदानको चेन्जिङ रुमको स्तर उन्नती, दर्शकका लागि शौचालय र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माणमा खर्च गरिने जानकारी दिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.