8 years ago
February 28, 2018
विनोदबाबु रिजाल
चितवन – सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहज जित निकाल्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । आगामी १९ गते हुने फाइनलमा प्रवेश गर्न एपीएफले ललितपुरको फ्रेण्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्यो ।
स्ट्राइकर सन्तोष श्रेष्ठले पहिलो हाफमा दुई गोल र अर्को एक गोलका लागि सुन्दर मौका सिर्जना गरेपछि एपीएफको जित सहज भएको हो । सन्तोषले खेलको १० र १७ औं मिनेटमा गोेल गरे भने ३३ औं मिनेटमा रुपबहादुर लामाको गोलमा अवसर सिर्जना गरिदिए । म्यान अफ दी म्याच बनेका सन्तोषले १० हजार पुरस्कार पाए ।
पहिलो हाफमै ३ गोल खाएको फ्रेण्ड्सले दोस्रो हाफमा एक गोल फर्कायो । उसका लागि उत्कृष्ट खेल देखाएका जोनल ग्लोरीले ६४ औं मिनेटमा एकमात्र गोल गरे । ग्लोरीले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै कयौं अवसर सिर्जना गरेका थिए । तर, उनलाई साथ दिने खेलाडी निस्किएनन् ।
प्रतियोगितामा दोस्रो सेमिफाइनलमा बिहीबार दुई चर्चित ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । मनाङ अघिल्ला दुवै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने थ्री स्टारले गृहटोली नारायणगढ फुटबल क्लबलाई ३–१ गोलले मंगलबार हराएको थियो ।
प्रतियोगिताको फाइनलमा आगामी फागुन १९ गते हुनेछ । विजेताले रनिङ शिल्डसहित ५ लाख र दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]