default_image

8 years ago

March 1, 2018

नेयमारविहीन पिएसजीको मार्सेविरुद्ध सहज जित

144 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रेन्च कपको क्वाटरफाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्सेलाई ३-० को अन्तरले हराएको छ । पिएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गरे ।

पिएसजी आफ्नो स्टार खेलाडी नेयमारबिना मैदानमा उत्रेको थियो । नेयमार लिगमा मार्सेविरुद्धकै खेलमा घाइते भएका थिए । नेयमारले शल्यक्रिया गर्ने भएकाले उनले थप दुई महिना गुमाउने छन् । तर उनको स्थानमा सुरुवाती ११ मा खेलेका एन्जल डि मारियाले दुई गोल गर्दै नेयमारको उपस्थिति खड्किनै दिएनन् ।

डि मारियाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफ सुरु भएको केहि मिनेटमै डि मारियाले अग्रता दोब्बर बनाए । खेलको ८१ औं मिनेटमा स्ट्राइकर एडिन्सन काभानीले गोल गर्दै पिएसजीको फराकिलो जित सुनिश्चित गरे ।

यो जितसँगै पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पिएसजीले शनिबार लिगमा ट्रोयेसको सामना गर्ने छ भने मंगलबार राति महत्त्वपूर्ण च्याम्पियन्स लिग खेलमा रियल म्याड्रिडको सामना गर्ने छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.