10 years ago
January 13, 2016
दिपक बोहोरा ,पाचथर
फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा आज भएको पहिलो सेमीेफाइनलखेलमा काम्राङ फटवल क्लव सिक्खिमलाई ५–१ फराकिला गोल अन्तरले हराउदै कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ फाईलन प्रबेश गरेको छ ।
फिदिम उच्च मा.वि को खेलमैदानमा आजभएको सेमीेफाइनलखेलमा ताप्लेजुङले सिक्खिमलाई हराएको हो । पहिलो हाफमा एक–एक गोलको बराबरी गरेपनि दोश्रो हाफमा ताप्लेजुङका खेलाडी हाबि भए । खेल सुरु भएको चौथो मिनेटमा ताप्लेजुङका रोजीन धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको २७ औा मिनेटमा गोल फर्काएर सिक्खिमका विकेस लिम्बुले बरावरी गरेका थिए । दोश्रो हाफको १० औा मिनेटमा ताप्लेजुङका धिमालले एक गोल थप्दौ टिमलाई अग्रता दिलाए । ताप्लेजुङका दिपक राईले गोल थपेका थिए । २७ औा मिनेटमा अफ्रिकन खेलाडी सेगुन इथ्योले गोल थपेका थिए । सिक्खिवाट गोल गरेका लिम्बुले रेर्ड काड खाएर मैदान छाडे ।इन्जुरी समयमा खम्मीर विशाल लिम्बुले थप एक गोलगर्दा ताप्लेजुङको स्कोर ५ पुग्यो ।
ताप्लेजुङको फाईलनमा विहिवार हुने आयोजक फिदिम स्पोटिङ र र्चच व्याइज काठमाण्डै बिजेता टिमसाग हुने छ । काम्राङ फटवल क्लव सिक्खिमले आफ्नो पहिलो खेल बिराट फटबल एकेडेमी लाई हराएर सेमीेफाइनल सम्मको यात्रा तय गरेको हो भने कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले आफ्नो पहिलो खेलमा विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ हराएको थियो । विहिवारको दोश्रो सेमिफाईनल खेलमा आयोजक फिदिम स्पोटीङ क्लव र चर्च ब्वाईज फुटवल क्लव विच प्रतिस्पार्धा हुदै छ । प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैया नगद र ट्रफि उचाल्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाा नगद र ट्रफि पाउने छ । पुष२५ गते देखि सुरु भएको प्रतियोगिता माघ २ गते सकिदै छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]