default_image

8 years ago

March 1, 2018

मनाङलाई हराउँदै थ्री स्टार विकास रनिङको फाइनलमा, गोलकिपर एलेन नायक

111 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन– रुस्लान थ्री स्टार क्लब १३ औं टुबोर्ग विकास रनिङ शिल्डको फाइनलमा पुगेको छ । सडन डेथमा घरेलु फुटबलको अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई बिहीबार हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले शनिबार हुने फाइनलमा नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।   फ्रेण्ड्स क्लबलाई बुधबार ३–१ ले हराउँदै फाइनल एपिएफ पुगेको थियो । 

नारायणगढको क्याम्पाचौरमा निर्धारित समयमा १–१ गोल भएपछि गरिएको टाइब्रेकरमा दुवै टिमबाट ३–३ गोल भयो । त्यसपछि सडन डेथमा थ्रीस्टार  विजयी भयो । ८–८ जनाले प्रहार गरेको पेनाल्टी सुटआउटमा थ्रीस्टारका गोलकिपर एलेन न्यौपानेले ३ प्रहार रोके । म्यान अफ दी म्याच बनेका उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

टाइब्रेकरमा थ्रीस्टारका निरज बस्नेत, सुनिल बल र गोलरक्षक एलेनले गोल हाने । तर, कप्तान निराजन खड्काको बल क्रस बारभन्दा निकै माथिबाट बाहिरियो भने स्ट्राइकर बुद्ध चेम्जोङको कडा प्रहार क्रसबारमा ठोकियो । मनाङका तर्फबाट अनिल गुरुङ, हेमन गुरुङ र विमल बस्नेतको प्रहार गोलमा परिणत हुँदा सुजल श्रेष्ठको बल पोष्ट बाहिर गयो भने विमल रानाको बल थ्रीस्टारका गोलरक्षक न्यौपानेले बचाए ।

टाइब्रेकरको ५–५ प्रहारमा ३–३ गोल भएपछि सडन डेथमा थ्रीस्टारका पिटर सेगुन र अजयी मार्टिनको बल मनाङका गोलरक्षक विशाल श्रेष्ठले रोके पनि विष्णु सुनुवारले गोल गरे । तर, मनाङका गौरव बुढाथोकी र विराज महर्जनको बल गोलरक्षक एलेनले रोक्दा विशाल राईको प्रहार पनि क्रस बारमा ठोकियो ।

निर्धारित समयमा लिएको अग्रता जोगाउन नसक्दा मनाङ एक महिनाको फरकमा थ्री स्टारसँग पराजित भएको छ । छैटौं मिनेटमा सुजल श्रेष्ठको पेनाल्टी गोलबाट मनाङले अग्रता लिएको थियो । थ्री स्टारका खेलाडीले विदेशी खेलाडी काचीलाई फाउल हानेपछि मनाङले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफको सुरुआतमै अजयी मार्टिन्सले बराबरी गोल फर्काउँदै थ्री स्टारलाई खेलमा फर्काएका थिए । सुनिल बलको क्रसमा मार्टिन्सले ४९ औं मिनेटमा गोल फर्काएका थिए । निर्धिारित ९० मिनेटमा १–१, टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा सफलता प्राप्त गर्दै थ्री स्टार वर्षमा पाँचौं नकआउट प्रतियोगिताको फाइनल पुगेको छ ।

यसअघि मदन भण्डारी स्मृति इटहरी गोल्डकप र २० औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको थ्री स्टारले १६ औं आहा रारा गोल्डकप र रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल खेलेको थियो । मनाङ र थ्री स्टाररसँगै यो सिजन नेपाल पुलिस क्लबले समान २ उपाधि जित्दा त्रिभुवन आर्मी क्लबले भने ६ वटा नकआउट उपाधि जितिसकेको छ ।

मनाङले चितवनमै जेसिज कप र दुवही गोल्डकपको उपाधि जितेपछि तीन वटा फाइनल गुमाएको थियो । जसमा सताक्षी गोल्डकप, मेत्री नेत्रालय काकररभिट्टा गोल्डकप र इटहरी गोल्ड कप छन् । विकास रनिङ शिल्डको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.