default_image

8 years ago

March 2, 2018

विकास रनिङ शिल्ड फाइनल : थ्री स्टार र एपिएफमा को बलियो ?

117 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन– डेढ वर्ष मैदान बाहिर रहेको रुस्लान थ्रीस्टार क्लब फेरि फुटबलमा फर्किएको करिब २ महिनामात्रै भएको छ । तर, उसले यो बीचमा घरेलु फुटबलका ७ प्रतियोगिता खेलिसक्यो । उल्लेख्य के छ भने उसले ४ वटा त फाइनलै खेलिसक्यो । पाँचौंमा शनिबार १३ औं टुबोर्ग विकास रनिङ शिल्डका लागि खेल्दैछ । यसअघिका २ उपाधि उचालिसक्यो भने २ वटामा उपविजेता बन्यो ।

थ्रीस्टारको आक्रामक छवि पहिलेदेखिकै हो । बीचमा एन्फासँगको विवादका कारण थ्रीस्टार घरेलु फुटबलबाट टाढा थियो । एन्फासँगको विवादमा न्याय पाएपछि थ्री स्टार पुरानै लयमा फर्कने कोशिसमा जुटेको छ । ‘त्यसमा हामी धेरै हदसम्म सफल पनि देखिदै छौं’, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘हामी म्याराथुन दौडिने कोशिसमा छौं, अहिले ५–७ किलोमिटर दौडिदा ‘पोजिटिभ साइन’ पाएका छौं ।’

सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ डिभिजनका क्लबहरुमा तीन विभागीयमध्ये एक हो । उसले पनि योपालि ४ वटा फाइनल खेलिसकेको छ । विकास रनिङ शिल्डमा पनि फाइनल खेल्दैछ । तर, दुर्भाग्य एपीएफले एउटा पनि उपाधि उचालेको छैन । ‘हामी पूरा ‘इफोर्ट’ले खेलिरहेका छौं’, एपीएफ प्रशिक्षक रत्नकाजी महर्जनले भने, ‘तर, के मिलेको छैन, सफल हुन सकेका छैनौं ।’

को बलियो ?
यसअघि थ्रीस्टारले इटहरी गोल्डकप र बूढासुब्बा गोल्डकप उचालेको छ । सिमरा गोल्डकप र आहा रारा गोल्डकपमा भने उसले फाइनल हा¥यो । एपीएफले गत भदौमा नारायणगढमै भएको जेसीज कपमा मनाङ मस्र्याङ्दीसँग २–१ को पराजय ब्यहोरेयता खेलेका तीनै फाइनल (राइनो कप, दूधे गोल्डकप र खप्तड गोल्डकप)मा टाई–ब्रेकरमा हार ब्यहो¥यो ।

विकास रनिङ शिल्डमा एपीएफले ३ जित हात पारेको छ भने थ्रीस्टार सिधै क्वाटरफाइनल खेलेका कारण २ खेल जितेरै फाइनलमा पुगेको हो । ‘ए’ समूहबाट एपीएफले भरतपुर फुटबल क्लब, गतवर्षको विजेता संकटा क्लब र फ्रेण्ड्स क्लब काठमाडौंलाई हराएर फाइनल भिडन्त पक्का गर्दा थ्रीस्टार भने नारायणगढ फुटबल क्लब र बलियो मनाङ मस्र्याङ्दी क्लबलाई हराएर फाइनल पुगेको हो ।

शुक्रबार खेल मैदानमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा थ्रीस्टारका प्रशिक्षक केसीले भने, ‘हामीलाई थ्रीस्टारको पुरानो लोकप्रियता थाहा छ । त्यहीअनुसार हामी पूरा खेल्ने कोशिसमा हुनेछौं ।’ उनले एपीएफलाई कमजोर टिमका रुपमा लिएनन् । ‘एपीएफ आफ्नै इतिहास भएको टिम हो”, उनले भने, “उनीहरु राम्रो फुटबल खेल्छन्, त्यसैले बलियो प्रतिद्वन्द्वीका रुपमा लिएका छौं ।’

यो मामलामा एपीएफका प्रशिक्षक महर्जनमा थ्रीस्टारप्रति केही डर देखियो । उनले भने, ‘थ्रीस्टार बलियो टिम हो, उनीहरु निकै राम्रो फुटबल खेल्छन् र स्कोर पनि भइरहेको छ ।’ आफ्नो टिमबाट स्कोर कम भइरहेकोमा उनी चिन्तित छन् । ‘हाम्रो गोल कम भइरहेको छ । फिनिसिङ राम्रो निस्किरहेको छैन । योबाहेक अरु चिन्ता छैन, हामी कमजोर छैनौं ।’

यसअघिको भेट
५ वटा फाइनल खेल्नेबेलासम्म यी दुई टिम योपालि कुनैपनि प्रतियोगिताको फाइनलमा भेट भएका थिएनन् । उनीहरुले दुईवटा क्वाटरफाइनलमा भने भेट गरे । इटहरी गोल्डकप र आहारारा गोल्डकप दुवैमा थ्रीस्टारले एपीएफलाई हरायो । इटहरीमा २–१ र पोखरामा टाई–ब्रेकरमा थ्रीस्टारको जित निस्किएको थियो ।

चोटको पीडा
दुवै टिमका पहिलो रोजाइँका खेलाडी नारायणगढमा छैनन् । थ्रीस्टारका विमल घर्ती मगर भारतमा आईलिग खेल्दैछन् । विक्रम लामा घाइते छन् । अनन्त तामाङ पनि रेस्ट लिइरहेका छन् । रेजिन धिमाल र विजय धिमाल पनि टिममा छैनन् । ‘यसले गर्दा टिममा दोस्रो रोजाइँका खेलाडी बढी प्रयोग भएका छन्’, प्रशिक्षक केसी भन्छन्, ‘तर, सबैले राम्रो गरिरहेका छन्, म खुसी छु ।’

चोटको पीडा एपीएफलाई पनि छ । यसै त स्कोर गर्ने खेलाडी कम छन् । त्यसमा पनि एपीएफका रञ्जन विष्ट, आदित्य चौधरी, युवराज खड्काजस्ता खेलाडी घाइते भएका कारण टिममा छैनन् । यसले एपीएफका प्रशिक्षक महर्जनको टाउको दुखाइ बनेको छ । कप्तान मिलन राई आफै पनि पूरै फिट छैनन् । तर, उनी भन्छन्, ‘गेम एउटा वा दुईटा खेलाडीमा भर पर्ने कुरा होइन, अरु सबै जुनियर भाइहरुले पनि निकै राम्रो गरिरहेका छन्, हामी राम्रो गर्छौं ।’

धेरै म्याच खेल्नुपर्दा समस्या
दुवै टिमका प्रशिक्षकले खेलाडीले रेस्ट गर्नै नपाएको चिन्ता गरे । ‘म छक्क पर्छु, यस्तो खेलतालिका कसले बनाउँछ’, उनले भने, ‘विगत एक डेढ महिनामा हामीले कमसेकम २० देखि २५ खेल खेलिसक्यौं, यसले खेलाडीमा कति क्षति पुग्छ भन्नेमा कसैले सोचेका छैनन् ।’ हुन पनि हेटौंडा गोल्डकप सकिदा नसकिदै नारायणगढमा विकास रनिङ शिल्ड भयो ।

शनिबार यसको फाइनल भइरहँदा झापामा पनि शनिबारै झापा गोल्डकप सुरु हुँदैछ । २१ गते यही दुई टिमको झापामा म्याच छ । ‘यस्तो तालिकामा कहींपनि म्याच खेलाइदैन”, एपीएफ प्रशिक्षक महर्जन भन्छन्, ‘म्याच दिदा खेलाडी र टिमलाई पर्ने प्रेसर हेरेर दिइनुपर्ने हो ।’विकास रनिङ शिल्ड जित्नेले ५ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.