8 years ago
March 3, 2018
रियो डे जिनाइरो (एजेन्सी) – विश्व फुटबलका सुपरस्टार तथा ब्राजिलियन फरवार्ड नेयमारको खुट्टामा चोटको समाचार ब्राजिलियन समर्थक माझ ठूलो धक्काको रुपमा आएको छ किनभने नेयमार सोचेभन्दा लामो समयका लागि मैदानबाहिर रहने देखिएको छ ।
नेयमारको मार्से विरुद्धको खेलमा दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केको थियो । त्यो बेला शल्यक्रिया गर्दा दुई महिनासम्म बाहिर रहने जानकारी आए पनि अहिले उनलाई पूर्णत: फिट हुन तीन महिना लाग्ने बताइएको छ । अबको ठिक तीन महिनामा विश्वकप पनि सुरु हुँदै छ ।
पिएसजीले सार्वजनिक गरेको प्रेस रिलिजमा लेखिएको थियो, “ब्राजिल फुटबल र पिएसजीले संयुक्त रुपमा नेयमारको शल्यक्रिया ब्राजिलमा निर्णय गरेको छ । डाक्टर रोड्रिगो लासमार नेतृत्वमा शल्यक्रिया हुनेछ ।”
यसले गर्दा उनले मार्च ६ मा रियल म्याड्रिड विरुद्धको महत्त्वपूर्ण च्याम्पियन्स लिग खेल त गुमाउने नै छन्, उनी विश्वकपसम्म पूर्ण फिट नहुने खतरा पनि आएको छ ।
गत विश्वकपमा ब्राजिलले जर्मनी विरुद्ध ७-१ को लज्जास्पद हार बेहोर्दा पनि नेयमार चोटका कारण मैदान बाहिर थिए । ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपमा आफूले खेलाउने सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् ।
त्यसमा उनले नेयमारसँगै फरवार्ड लाइनमा बार्सिलोनाका फिलिप कौटिन्हो र म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस राखेका छन् । यसले गर्दा पनि नेयमार समयमै फिट नहुनु ब्राजिलको विश्वकप अभियानको लागि ठुलो धक्का हुने छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]