8 years ago
March 3, 2018
विनोदबाबु रिजाल
चितवन – १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै एपीएफले शिल्ड उचालेको हो । गत भदौमा पहिलो जेसीज कपमा फाइनल हारेकै मैदानमा एपीएफले यो सिजनको पहिलो उपाधि जित्यो । यसअघि ४ फाइनल खेलेर पनि एपीएफले एउटा उपाधि पनि जित्न सकेको थिएन ।
नारायणगढको क्याम्पाचौरमा भएको फाइनल खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखियो । चौथो मिनेटमा विकु लामाले डीबक्सभित्र श्याम नेपालीबाट पाएको लामो क्रसलाई गोलमा परिणत गरे । त्यसपछि पनि लगातार अवसर सिर्जना गरेको एपीएफले गोल भने गर्न सकेन । निर्णायक गोलकर्ता विकु नै फाइनल खेलको म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए ।
थ्रीस्टारले पनि पहिलो हाफमा धेरै उत्कृष्ट मुभ बनाएको थियो । १६ औं मिनेटमा विष्णु गुरुङ र १९ औं मिनेटमा सुनिल बलको सशक्त प्रहार क्रसबारमा ठोकिएर फर्किनु नै थ्रीस्टारका लागि दुर्भाग्य सावित भयो । १८ औं मिनेटमा निराजन खड्काले पनि वान भर्सेस वानमा गरेको प्रहार गोल हुन सकेन । २५ औं मिनेटमा एपीएफका रुपबहादुर लामाको सशक्त प्रहार थ्रीस्टारको गोलरक्षक एलेन न्यौपानेले रोके । दोस्रो हाफमा फेरि एपीएफ खेलमा हावी भयो भने थ्रीस्टारले राम्रा मुभ बनाउनै सकेन ।
जितसँगै एपीएफले विकास रनिङ शिल्ड र ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो । दोस्रो भएको थ्रीस्टारले साढे २ लाख पाएको छ । उत्कृष्ट खेलाडी बनेका एपीएफका डिफेन्डर रमेश दंगालले ५० हजार नगद पुरस्कार पाए । फेयर प्लेको उपाधि नारायणगढ फुटबल क्लबले जित्यो । विजेता सबैलाई प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पुरस्कार वितरण गरे ।
जितप्रति एपीएफका प्रशिक्षक रत्नकाजी महर्जन निकै खुसी देखिए । “मेरा केटाहरुले सोचेभन्दा राम्रो खेले”, उनले भने, “सुरुदेखि निकै राम्रो मुभ बनाउँदै बलियो थ्रीस्टारलाई पूरै दबाबमा राख्यो ।” थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीहरुले सक्नेभन्दा ५० प्रतिशत कम खेलेको बताए । “थ्रीस्टारको खेल यो स्तरको होइन”, उनले भने, “केटाहरुले ५० प्रतिशतमात्रै खेले ।
प्रतियोगितामा १२ टिम सहभागी थिए । आयोजक विकास शिल्ड समितिका अध्यक्ष श्याम पियाले आगामी दिनमा पनि यो प्रतियोगितालाई परिमार्जनसहित निरन्तरता दिने बताए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]