default_image

8 years ago

March 4, 2018

रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी

94 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा गेटाफेका डिफेन्डरहरुलाई छल्लाउँदै आफ्नो बलियो प्रहारलाई गोलमा परिणत गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल भने गेटाफेले पनि एक गोल फर्कायो । खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सिस्को पोर्टिल्लोले परिणत गर्दै गेटाफेलाई खेलमा फर्किने आशा दिलाएका थिए ।

तर ७८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडिङ गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियलको २७ खेलमा ५४ अंक रहेको छ । अब रियलले मंगलबार राति च्याम्पियन्स लिगमा पिएसजीको सामना गर्ने छ । पिएसजीले पनि गए राति आफ्नो घरेलु लिगमा ट्रोयेसमाथि २-० को जित निकालेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.