10 years ago
January 15, 2016
दिपक बोहोरा ,पाचथर
फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा हिजो भएको दोश्रो सेमीेफाइनलखेलमा चर्च व्याइज क्लवलाई हराउदै आयोजक फिदिम स्पोटिङ क्लब सातै वाईवाई फागुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
हिजो भएको सेमिफाइनल खेलमा १– ० गोल अन्तरले आयोजकले जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा फिदिमा धिरज तामाङले दोश्रो हाफको नौ मिनेटमा गोल गरेका थिए । यहि गोलले फिदिमले जित निकाल्यो । पहिलो हाफमा दुवै वरावरी खेलेका थिए । दुवै टिमले पटक पटक पाएको गोल गर्ने अवसर गुमेको थियो। अन्तिम सेमी फाईनलको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवले संघर्षमय जीत निकालेको छ । विहिवार भएको खेलमा साविक विजेता फिदिमले घिरज राईको एक गोलको साहयताले अत्यान्त प्रतिस्पर्धात्मक खेलमा जीत हासिल गरेको हो ।
दोश्रो हाफको अन्तिम समयमा ब्वाईजका मौसा वल्लोले दोहोरो पहेलो कार्ड खाएर मैदानबाट फिदिम स्पोटिङमा थ्रि स्टार क्लबका खेलाडीहरु थिए भने चर्च व्याइज क्लवले पनि चार जना बिदेशी खेलाडी उतारेको थियो । हिजोको खेलमा निराजन खङका ,हेम गुरुङ र भिक्टोर सेगुन र पिटर आयोजकको तर्फबाट मैदान उतरेका थिए । हिजोको खेलमा ६ जना बिदेशि खेलाडिले खेलेका थिए । खेलको म्यान अफ द म्याच फिदिम स्पोटिङका हेम गुरुङ भए ।
प्रतियोगिताको फाइनल खेल २ गते आयोजक फिदिम स्पोटिङ र कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ बिच हुनेछ । प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाा नगद र ट्रफि उचाल्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया नगद र ट्रफि पाउने छ । पुष २५ गते देखि सुरु भएको प्रतियोगिता माघ २ गते सकिदै छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]