नेपालले बंगबन्धुगोल्डकप २०१६ को सेमिफाइनलमा माल्दिभ्स टिमको सामना गर्ने भएको छ । समुह उप-बिजेताको रुपमा सेमी फाइनल प्रवेश गरेको नेपाल समुह ‘बि’ को बिजेता माल्दिभ्ससँग भिड्ने छ ।
शनिबार समूह ‘बि’ को खेलमा माल्दिभ्स र बहराइन यू–२३ बीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
त्यसै गरी समुह ‘ए’ को बिजेता बाङ्लादेशले बहराइन यू–२३ सँग पहिलो सेमीमा भिड्ने छ ।
नेपाल र माल्दिभ्सबिच को सेमी फाइनल १९ जनवरी को दिन हुनेछ ।