8 years ago
March 17, 2018
बुटवल (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका कप्तान निराजन खड्का बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपका सर्वोकृष्ट खेलाडी बनेका छन् ।
थ्री स्टारलाई प्रतियोगिता जिताउने क्रममा फाइनलमा पुलिस विरुद्ध २-० को जितमा गोल गरेका मिडफिल्डर निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनले १ थान स्कुटर प्राप्त गरे । करिब १ महिना अघि धरानको बुढासुब्बा गोल्डकपमा पुलिसलाई नै फाइनलमा पराजित गर्दा पनि निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेका थिए ।
अन्य विधामा उत्कृष्ट खेलाडिहरुहरुलाई जनही २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरियो :
उत्कृष्ट गोलकिपर – एलेन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट डिफेन्डर –पूर्ण बहादुर श्रेष्ठ (लाली रुपन्देही)
उत्कृष्ट मिडफिल्डर – भोला सिलवाल (पुलिस)
उत्कृष्ट फरवार्ड – रेजिन सुब्बा (पुलिस)
उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)
खेलको हाइलाइट्स
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]