default_image

10 years ago

January 16, 2016

फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङलाई

162 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर

फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले कब्जा गरेको छ ।

Taplejung

शनिबार भएको फाइनल खेलमा डिफेन्डीङ च्यापियन आयोजक फिदिम स्पोटिङ क्लबलाई २– ० गोल अन्तरले हराउदै ताप्लेजुङले उपाधि जितेको हो । पहिलो हाफको १२ औँ मिनेटमा ताप्लेजुङका रोजीन धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता पाएको ताप्लेजुङले आत्माघाति गोलको उपहार पाउँदा फिदिम स्तब्ध बन्न पुग्यो । दोस्रो हाफको १३ औँ मिनेटमा गोल एरियामा खेल भईरहँदा फिदिमका खेलाडी नरेश सम्वाहाफेले गरेको हेड गोल किम्परले नदेख्दा आत्माघाति गोल भएको थियो । स्टार खेलाडिले भरीएको आयोजक फिदिम स्पोटि क्लबमा आज निकै तालमेल अभाव भएको देखिन्थीयो । इन्जुरी समयमा पाएको पेलान्टी भिक्टोरले गरेको हल्का प्रहार ताप्लेजुङका गोल किपर रवि थापाले सहजै बचाएका थिए ।

आज ताप्लेजुङका किपरले निकै राम्रो खेल प्रर्दशन गरेका थिए । आजको खेलमा दुवै टिम संग ए डिभिजन खेलेका खेलाडी हरु सहेका थिए । आयोजक संग निराजन खङका , हेम गुरुङ ,भिक्टोर ,पिटर आदि थिए भने ताप्तेजुङ संग रुपेश के.सि ,बिजय धिमाल ,रोजिन धिमाल आदि रहेका थिए । थिए विजेता ताप्लेजुङले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद र ट्रफि पाएको छ । सांसद तथा कांग्रेस केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले विजेता टोलीलाई पुरस्कार र ट्रफि हस्तान्तरण गरेका थिए । उप– विजेता फिदिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद र ट्रफिमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितका सर्वाधिक गोलकर्ता ताप्लेजुङका रोजीन धिमाल भए । म्यान अफ दि सिरिजको उपाधिपनि रोजिन धिमाललेनै प्राप्त गरे । वेष्ट फरवार्ड फिदिमका धिरज तामाङ, वेष्ट गोलकिपर ताप्लेजुङका रवि थापा, वेष्ट डिफेन्ण्डर ताप्लेजुङका विजय धिमाल, वेष्ट मिड फिल्डर फिदिमका पिटर सेगुन भए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.