8 years ago
March 21, 2018
दिपक बोहोरा
पाँचथर– मोफसलका नकआउट फुटबल प्रतियोगिताका कतिपय आयोजक संस्थाले आयव्यय सार्वजनिक गर्ने गरेका छन् । केहि आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको हिसाब सार्वजनिक गरेका छन् । तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आयोजक रुपन्देही जिल्ला फुटबल संघले शनिबार समापनका क्रममा नै हिसाब सार्वजनिक गरेको थियो ।
तर, पाँचथर जिल्लामा भने आयव्यय सार्वजनिक गर्ने परम्परा छैन । दोस्रो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिता आयोजना सुरु हुन केहि दिन बाँकी रहँदा पनि पहिलो संस्करणको हिसाब सार्वजनिक भएको छैन । दोस्रो पाँचथर गोल्ड कप चैत २५ गतेबाट सुरु हुने बताइएको छ ।
त्यस्तै पाँचथरको अर्को प्रतिष्ठित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको नवौं संस्करण सम्पन्न भइसक्दा पनि आयोजक फिदिम स्पोर्टिङ क्लबले हिसाब सार्वजनकि गर्न सकेको छैन । सार्वजनिक सरोकारको विषयमा सबैलाई जानकारी दिनुपर्दछ । पाँचथरमा हुने यी दुई ठूला प्रतियोगितामा राज्य, समुदाय र विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् ।
पारदर्शिताको नियम अनुसार यी प्रतियोगिताका आयोजकले हिसाब सार्वजनिक गर्नुपर्ने पत्रकार मंगल बेघालेले बताए । पाँचथर गोल्डकपको आयोजक पाँचथर क्लबका अध्यक्ष अनुराग मगरले प्रतियोगिताको पहिलो संस्करणमा घाटा परेकोले हिसाब सार्वजनिक गर्न नसकेको बताएका छन् । फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले प्रयोजकहरुले वाचा गरे अनुसारको रकम नदिएका कारण समयमा हिसाब सार्वजनिक गर्न नसकेको बताए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]