8 years ago
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटअन्तर्गत समूह एफमा आफ्नो अन्तिम खेलको रुपमा नेपालले मङ्गलबार यमनविरुद्ध खेल्दैछ ।
नेपालको मङ्गलबार खेल कतार स्पोर्ट्स क्लब सुहेन बिन हमाद रङ्गशालामा हुनेछ । नेपालले सोही मैदानमा सोमबार अभ्यास पनि गरेको थियो । एसिया कप छनोटको होडबाट बाहिरिसकेको नेपालको लागि यस खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । नेपाल र यमनको खेल न्युट्रल भेन्युको रुपमा रहेको कतारमा हुनेछ । यद्यपि एसिया कप छनोटको दावेदारी प्रस्तुत गरिरहेको यमनका लागि यो खेल महत्वपूर्ण छ । नेपाललाई हराएमा यमन एसिया कपमा छनोट हुनेछ ।
समूह ‘एफ’मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । समूह चरणबाट शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा सहभागिता जनाउनेछन् ।
नेपाली टिमका जापनिज मुख्य प्रशिक्षक ग्योतोकु कोजीले यमनविरुद्धको खेल नेपालको लागि सहज नहुने बताए । ‘घरेलु प्रतियोगितामा खेलाडीहरु धेरै व्यस्त बने । एक टिमको रुपमा मात्र तीन दिन राम्रो प्रशिक्षण गर्न पायौँ तर हामी यमनविरुद्ध आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछौँ ।’
प्रशिक्षक कोजीले भने, ‘यमन राम्रो टिम हो । ‘टेक्निकल्ली’ र ‘फिजिकल्ली’ हामीभन्दा सशक्त छ । तर ‘ट्याक्टिस’को कुरा गर्ने हो भने दुवै टिममा फरक छैन । भोलिको खेल जित्न गाह्रो हुने छ तर हामी प्रयास गर्नेछौँ । हामीलाई यमनको जति दबाब हुनेछैन । हामी स्वतन्त्रका साथ खेल्नेछौं ।’
यस्तै नेपाली टिमका कप्तान विराज महर्जनले यमनविरुद्धको खेललाई साफ च्याम्पियनसिपको तयारीको रुपमा लिइएको बताए । ‘हामी एएफसी एसियनको कपको छनोटबाट बाहिरिसकेका छौं । यमनविरुद्धको खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । तर, हाम्रो लागि यमनविरुद्धको खेल उत्तिकै महत्वपूर्ण रहेको छ । हामी प्रशिक्षकको रणनीतिलाई मैदानमा राम्ररी कार्यान्वयन गर्नेछौं ।’
समूह एफको पुछारमा रहेको नेपालको पाँच खेलबाट मात्र दुई अंक छ । घरेलु मैदानमा यमन र फिलिपिन्सविरुद्ध गोलरहित बराबरीमा खेलेर नेपालले अंक बटुलेको थियो ।
नेपाली टिम:
गोलरक्षकः किरण लिम्बु, विकेश कुथु र एलन न्यौपाने
डिफेन्डर: विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डरः विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनील बल, अञ्जन विष्ट
फरवार्डः जर्ज प्रिन्स कार्की, विमल घर्ती मगर, नवुग श्रेष्ठ र सुमन लामा
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]