8 years ago
March 26, 2018
दिपक न्यौपाने
बुटवल – वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा आयोजकले आर्मीलाई ३–१ ले निराश पारेको थियो ।
आर्मीका विवेक बस्नेतले १५ औं मिनेटमा गोल गदै दिलाएको अग्रतालाई टोलीले दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफमा विदेशी खेलाडी म्याक्सले २ र अब्बाले अर्को गोल गरेपछि वर्षमा ७ नकआउट फुटबल उपाधि जितेको आर्मी मदन भण्डारी गोल्डकपमा पहिलो खेलबाट बाहिरिएको छ ।
म्याक्सले ६३ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । म्याक्सले ६७ औं मिनेटमा हेडमार्फत अर्को गोल गरेपछि खेलमा आयोजकले अग्रता बनाएको थियो । खेल सकिन १४ मिनेट बाँकी रहँदा अब्बाले गोल गरेपछि आर्मी खेलमा फर्कन सकेन । खेलको म्यान अफ दी म्याच २ गोल गरेका म्याक्स बने र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो आफमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलमै हार बेहाुर्न परेको बताए । आयोजक टोलीका प्रशिक्षक सुन्दर थापाले लय बिग्रिएको स्वीकार गदै भने– दोश्रो हाफमा मनोबल उच्च बनाउदै डिफेन्स र याट्याक दुवैमा सुधार गर्यो ।
मदन भण्डारी गोल्डकपमा मंगलबारको क्वार्टरफाइनल
सुनौलो संगमविरुद्ध एपिएफ
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]