8 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा फुटबल र क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल मानिन्छ । सम्बन्धित खेलका विषयमा फुटबल भन्दा क्रिकेट खेलाडी पटक पटक बोलेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विषय देखि खेलाडीको सुरक्षित भविष्यलाई लिएर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित अन्य खेलाडीले पटक पटक सञ्चारमाध्यम सामू आफ्नो धारणा राखेका छन् ।
त्यसको दाँजोमा फुटबल खेलाडी कमै बोल्ने गरेका छन् । यद्दपी पूर्व खेलाडीले भने अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली फुटबलको अवस्थाका बारेमा समय समयमा बोल्ने गरेको पाइन्छ । मौन रहने फुटबल खेलाडीका बीचमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर नीराजन खड्का भने समय समयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार राख्दै आएका छन् ।
रुस्लान थ्री स्टार क्लबका कप्तान समेत रहेका नीराजनले यसपटक फेसबुकमार्फत नेपाली फुटबललाई बचाउन आग्रह गरेका छन् । एन्फाको बुधबारका लागि तय भएको केन्द्रिय समितिको निर्वाचन स्थागित भएको समयमा उनको यस्तो भनाई आएको छ । उनले फुटबल जोगाउन खेलाडी एक जुट हुनु पर्नेमा जोड दिएका छन् ।
के छ नीराजनको स्टाटसमा
हाम्रो देश मात्रै होला जहाँ खेलाडीको लागि भनेर अनेक थरी मारामार पोलिटिक्स अनि के के के के गरिन्छ । तर, फर्केर हेर्दा खेलाडी नै पीडित, फ्युचर अगाडि हेर्दा झन अन्धकार छ । आफ्नो करियर, आफ्नो फेमेली, अध्ययन र आफ्नो बडी नै खेल जीवनमा लगाएपनि सुन्ने वाला कोही छैन ।
अफिसियलहरुको आर्थिक अवस्था राम्रो र बढेको बढ्यै, खेलाडीहरु विदेशिनु बाध्य ? हामी नबोलेरै, सहेर बसेर नै हामी पीडित भाको हैन र ? बोल्यो कि पोल्यो भन्ने डर, राष्ट्रिय टिमको क्याम्पमा, अरु धाको खेलाडीको भ्वाइसको भ्यालु हुन्न, न त वास्ता नै छ । जाम भाई विदेश भन्यो, हिड्यो झोला बोकेर । परिवार पनि हेर्नु छ, यार कसले दिन्छ खान ? कसले लिन्छ यो फुटबलको टेन्सन । धिक्कार छ । यस्तो छ नेपाली फुटबल सिनारियो । मोफसलले टिकेको छ हजुर नत्र अझै कति दाजु भाई विदेश लागिसक्थ्यो, अझै कति प्रोसेस मै छ ।
खेलाडीलाई जिताउनुस्, प्रोडकट गर्नुस्, बाँच्ने खाने वातावरण बनाउनुस । धेरै भयो भाषण र यो पैसा र पावरको चलखेल । उनीहरुले केही प्रभाव पार्ने वातावरण बनाउनुस् । भविष्य सुनिश्चित छ उनीहरुको । प्रभावमा पर्ने र मर्ने त खेलाडी नै हुन् । सो प्लिज खेलाडीहरु एकजुट हुनुपर्छ अब हामी, हाम्रो ब्युटिफुल गेम हामीले नै बचाउनुपर्छ । जागौं, जय खेलाडी, जय फुटबल, जय नेपाली फुटबल ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]