10 years ago
August 25, 2015
भरतपुर, ८ भदौ
भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी म्याच घोषित भए ।
मंगलबारको खेलसगै भरतपुर गोल्डकपमा क्वाटरफाइनलको समीकरण पूरा भएको छ । अब अभिषेक चर्चले सेमीफाइनल प्रवेशका लागि आगामी भदौ १२ गते वीरगञ्ज युथ एकेडेमीको सामना गर्नेछ । वीरगञ्ज युथ एकेडेमी भने बाई पाएर सिधै क्वाटरफाइनल पुगेको टिम हो । त्यसअघि वुधबार भदौ ९ गतेको पहिलो क्वाटरफाइनलमा नारायणगढ फुटबल क्लबले माडी बसन्तपुर फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ भने भदौ १० गते भरतपुर फुटबल क्लबले टााडी र ११ गते रुपन्देही–११ ले योङ स्टार कावासोतीको सामना गर्नेछन् । भदौ ५ गतेदेखि सुरु प्रतियोगितामा १२ टिम सहभागी थिए । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाा पुरस्कार पाउनेछ । प्रतियोगिता संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आयोजना तथा भरतपुर फुटबल क्लबको सहआयोजनामा सञ्चालन गरिएको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]