default_image

8 years ago

April 3, 2018

साविक विजेता रियल म्याड्रिडलाई युभेन्टसको चुनौती

87 views

0 Bookmark

टुरिन (एजेन्सी) – आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा गत वर्षका विजेता र उपविजेता भिड्दै छन् । रियल र युभेन्टस नेपाली समयअनुसार १२.३० बजे युभेन्टस स्टेडियममा भिड्ने छन् ।

घरेलु टोली युभेन्टसले आफ्नो घरेलु लिगको पछिल्लो खेलमा एसी मिलानलाई ३-१ ले हराएको थियो । युभेन्टसका मिरालेम पाज्निच र मेधि बेनाटिया यस खेलमा प्रतिबन्धित छन् । त्यसैगरी मारियो मान्डजुकिच पूर्ण फिट नरहेका कारण खेलमा सहभागी नहुने सम्भावना बढी रहेको छ ।

अर्को तर्फ लास पाल्मासलाई यही साता ३-० ले हराएको रियल म्याड्रिड पनि लयमा रहेको छ । नाचो पूर्ण फिट छैनन् भने ग्यारेथ बेलको स्थान इस्को अथवा एसेन्सियोले लिने देखिन्छ । क्रिस्टियानो रोनाल्डोलाई अघिल्लो खेलमा विश्राम दिइएको थियो त्यसैले उनी पूर्ण विश्रामसहित खेलमा फर्किने छन् ।

यी दुई टोली बीचको पछिल्लो ६ खेलमा रियल र युभेन्टसले दुईदुईमा जित हात पारेका छन् भने दुई खेल बराबरीमा टुंगिएको छ । रियल लालिगामा तेस्रो स्थानमा रहेको छ भने तुलनात्मक रुपमा सिजनमा राम्रो लयमा रहेको युभेन्टस इटालियन सेरिआको पहिलो स्थानमा रहेको छ ।

बायर्न र सेभिल्ला पनि भिड्दै

च्याम्पियन्स लिगको अन्य खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिख स्पेनिस क्लब सेभिल्लाको सामना गर्दै छ । सो खेल नेपाली समयअनुसार १२.३० बजे सेभिल्लाको घरेलु मैदानमा खेलिने छ ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.