default_image

8 years ago

April 3, 2018

युभेन्टसले रोनाल्डोलाई रोक्न आवश्यक- केलिनी

138 views

0 Bookmark

टुरिन (एजेन्सी) – क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् ।


आज राति साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले साविक उपविजेता इटालियन क्लब युभेन्टसको सामना गर्दा अर्काे स्पेनिस क्लब सेभियाले जर्मन क्लब बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । अघिल्लो वर्षको फाइनलको पुनरावृत्ति हुने रियल र युभेन्टसको खेल युभेन्टसको घरेलु मैदान टुरिनमा हुँदैछ ।

युभेन्टसका डिफेन्डर जर्जियो केलिनीले क्वार्टरफाइनलको पहिलो लेगमा रोनाल्डोलाई गोल गर्नबाट रोक्न आवश्यक रहेको बताएका छन् । ‘रोनाल्डोले यो सिजनको पछिल्ला ८ खेलमा १२ गोल गरिसकेका छन् । हामी विरुद्धको खेलमा रोनाल्डोलाई रोक्दै खेलभरी उनको नजिक रहन जरुरी छ ।’

केलिनीले भने, ‘रोनाल्डोलाई रोक्न सकेनौं भने खेल हाम्रो पक्षमा हुने छैन, हामीले रोनाल्डोलाई कसरी रोक्ने भनेर योजना बनाइरहेका छौं र रोनाल्डोलाई रोक्न सक्षम हुनेमा विश्वास्त छौं । तर, जित र हार खेलको एक पाटो हो भन्ने हामीले बुझेका छौं ।’

यस्तै केलिनीले रोनाल्डोले रियलमा पछिल्लो समय गज्जबको प्रदर्शन गरिरहेको बताए । ‘हामी घरेलु मैदानमा रियलविरुद्ध हाम्रो गुणस्तरको खेल पस्कँदै रियललाई पराजित गर्ने लक्ष्यमा हुने छौं । रियल पनि राम्रो टोली हो । कार्डिफको सकरात्मक र नकरात्मक घट्नालाई बिर्सँदै खेल्नेछौं ।’

केलिनीले थपे, ‘तर हामीले रियललाई सम्मान गर्नै पर्ने हुन्छ । हामीले रियललाई पराजित गर्न सकिंदैन भनेको हैन । यदि हामी च्याम्पियन्स लिगको फाइनलमा पुग्नुछ भने रियलले अघिल्लो वर्षको फाइनलमा खेलेको जस्तो खेल खेल्नुपर्दछ ।’

‘कार्डिफ र टुरिनबीचको खेल पक्कै पनि फरक हुनेछ । हामी आत्मविश्वासी भएर सकारात्मक नतिजाका साथ दुबै लेग खेल्नेछौं ।’ केलिनीले भने, ‘हामी एक टिमसँग दुई खेल खेल्दैछौं । उही टिम हो । तर, व्यक्तिगत प्रदर्शनमा केही फरक पक्का भएको छ ।’

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.