8 years ago
April 3, 2018
म्युनिख (एजेन्सी)– रियल म्याड्रिडबाट लोनमा बायर्न म्युनिख पुगेका हामेस रोड्रिगेजले यो सिजन त्यहाँ प्रभावशाली प्रदर्शन गरिरहेका छन् । टोलीका प्रशिक्षक जेप हेन्केस पनि उनको प्रदर्शनबाट प्रभावित छन् । जसका कारण क्लबले पनि उनलाई स्थायी रुपमै आबद्ध गराउने संकेत गरेको छ ।
सन् २०१४ को विश्व कपमा उच्च प्रदर्शन गरेपछि मोनाकोबाट रियल म्याड्रिडले उनलाई भित्राएको थियो । कार्लो एन्सेलोटीले रियल सम्हाल्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । तर जिनेदिन जिदानले टोलीको प्रशिक्षक सम्हालेपछि हामेसले कमै मौका पाउन थाले ।
स्पेनमा दुई वर्ष संघर्ष गरेपछि दुई वर्षको लोनमा रोड्रिगेज म्युखिन पुगेका थिए । उनको सम्झौता सकेपछि बायर्नलाई स्थायीय रुपमा आबद्ध गर्ने सम्भावना बढेको छ । ‘ उनी म्युखिन र बायर्नमा खुसी छन्,’ हेन्केसले सोमबार भने,‘ मलाई लाग्छ उनी अर्को वर्ष वा त्यो भन्दा पनि रहन सक्छन् । उनलाई कहिले खरिद गर्ने भन्ने निर्णय क्लबले गर्नेछ । ’
सुरुआती दिनमा भन्दा रोड्रिगेज टोलीमा अभ्यस्त भइसकेको प्रशिक्षक हेन्केसले बताएका छन् । ‘अहिले उनी शारीरिक रुपमा पनि सहि अवस्थामा छन् । हरेक खेलाडीले आफ्नो उच्चतम दिने प्रयास गर्छन्,’ उनले भने,‘ उनीसँग मेरो धेरै विषयमा छलफल भएको छ । अहिले उनको मनोबल उच्च छ । उनको प्रदर्शनले पनि त्यसलाई प्रमाणित गर्दछ । शारीरिक र टेक्निकल रुपमा पनि उनी फरक खेलाडी बनेका छन् ।’
बायर्नले पछिल्लो साता बारुसिया डर्टमन्डलाई ६–० ले हराउँदा रोड्रिगेजले गोल गर्नुका साथै अरु एसिस्ट गरेका थिए । बायर्नले आज राती च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]