8 years ago
April 4, 2018
एजेन्सी (म्याड्रिड) – च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति भएको खेलमा बायर्नले घरेलु टोली सेभिल्लालाई २–१ ले पराजित गरेको हो ।
खेलमा शुरुवाती अग्रता भने घरेलु टोली सेभिल्लाले नै लिएको थियो । ३२ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए ।
तर, ३७ औं मिनेटमा विपक्षी खेलाडीको प्रहार बचाउन खोज्दा जेसस नाभासले आफ्नै पोष्टमा गोल गरेपछि पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ६८ औं मिनेटमा थिएगो अलकान्तराले गोल गरेपछि बायर्नले पहिलो लेगमा २–१ को लिन सफल भयो ।
यी दुई टिमबीचको दोस्रो लेग अर्काे साता बायर्नको घरेलु मैदानमा हुनेछ । अव मैदानमा २ गोल गर्न सफल बायर्न १-० ले पराजित भएसम्म पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ । सेभिल्लालाई सेमिफाइनलमा प्रवेश गर्न कम्तिमा २–० को स्पष्ट जित आवश्यक छ ।
सच्चाइएको १०:०५ बजे
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]