default_image

8 years ago

April 4, 2018

च्याम्पियन्स लिग क्वार्टरफाइनल -बार्सिलोना र रोमा भिड्दै

92 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोना र एएस रोमाबीच च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेग आज राती हुँदैछ । खेल बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुनेछ । यी दुई टोलीबीचको पहिलो लेगमा फर्ममा रहेको बार्सिलोनालाई बलियो मानिएको छ । यद्दपी भ्रमणकारी टोली यसै हार मान्ने पक्षमा पक्कै हुने छैन । खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ ।

यी दुई टोलीबीच च्याम्पियन्स लिगमा भेट हुन लागेको याँ पाँचौं पटक हो । दुवै टोलीले समान १ खेल जितेका छन् भने बाँकी २ खेल बराबरीमा टुंगिएका थिए । तर,सन् २०१५१६ को समूह चरणमा भने रोमा लज्जास्पदक रुपमा पराजित भएको थियो । नोउ क्याम्पमा भएको त्यो खेलमा बार्सिलोना ६–१ ले विजयी भएको थियो ।

यो पटक भने इटालिन टोलीले आफ्नो रक्षापक्तिलाई मजबुत बनाउन कोशिस गर्नेछ । बार्सिलोनामा भने ला लिगामा निकै लयमा छ र अपराजित रहँदै आएको छ । बार्सिलोनाको लक्ष्य पक्कै पनि ला लिगा र च्याम्पिन्स लिगमा अन्तिम सम्म अपराजित यात्रा तय गर्नु हुनेछ । रोमाले बार्सिलोनाको पछिल्लो खेललाई हरेर केहि आशा राखेको हुन सक्दछ ।

सेभिल्लाविरुद्धको त्यो ला लिगा खेलमा बार्सिलोना २–० ले पछि परेको थियो । तर त्यस्तो परिस्थितिबाट बार्सिलोनाले खेललाई २–२ को बराबरीमा पुराएको थियो । अर्जेन्टिनाका पछिल्ला दुई मैत्रीपूर्ण खेल गुमाएपछि चोटमुक्त भएर टोलीका मुख्य खेलाडी लियोन मेस्सी फर्केका कारण बार्सिलोनाको मनोबल उच्च हुनेछ । सेभिल्लाविरुद्ध परिर्वित खेलाडीका रुपमा मैदान प्रवेश गरेर पनि मेस्सीले गोल गरेका थिए ।

रोमा पनि सिरि एमा उच्च फर्ममा रहेको छ । पछिल्ला ८ खेलमा टोलीले ६ खेल जितेको थियो । यद्दपी पछिल्ला दुई खेलमा भने टोलीको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । अन्तिम १६ मा चेल्सीलाई पार लगाउँदै बार्सिलोना क्वार्टफाइनलमा पुगेको थियो । अर्को तिर युक्रेनको साख्तार डोनेस्कलाई अवे गोलका आधारमा पछि पार्दै रोमाले अन्तिम आठको यात्रा तय गरेको थियो ।

रोमाविरुद्धको खेलमा घाइते रहेका स्टार खेलाडी मेस्सी र जेरार्ड पिकेले खेल्नेमा भने शंका रहेको छ । उनी प्रशिक्षणमा फर्किएपनि खेल्नेमा शंका रहेको बार्सिलोनाका प्रशिक्षक इर्निष्टो भालभार्डेले बताएका छन् । बार्सिलोनालाई सर्जि रोबर्टो सामुइल उम्टिटि, फिलिपे कौटिन्हिो, लुइस स्वारेज जस्ता विश्वस्तरका खेलाडीहरुको साथ रहेको छ । च्याम्पियन्स लिगको अर्को क्वार्टरफाइनलमा प्रिमियर लिगका दुई टोली लिभरपुल र म्यानचेस्टर सिटीबीच हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.