default_image

8 years ago

April 5, 2018

लिभरपुलका मिल्नरको च्याम्पियन्स लिगमा कीर्तिमान : नेयमार र रुनीसँग बराबरी

88 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा गए राती लिभरपुलले सिटीलाई ३–० ले हराएको थियो । जसमा जेम्स मिल्नरले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।

milner

तस्बिर : युईएफए

लिभरपुलका लागि एलेक्स च्यामबरलेनले दोस्रो गोल गरे । त्यसमा इङ्लिस मिडफिल्डर मिल्नरको असिस्ट थियो । त्योसँगै मिल्नरको सिजन च्याम्पियन्स लिगमा ८ असिस्ट पुगेको छ । जुन म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनी र बार्सिलोनाका पूर्व स्टार नेयमारको कीर्तिमानसँग बराबरी हो ।

रुनीले युनाइटेडबाट खेल्दा २०१३/१४ सिजनमा ८ गोलमा असिस्ट गरेका थिए । नेयमारले त्यत्तिनै असिस्ट २०१६/१७ मा सिसजनमा बार्सिलोनाबाट गरेका थिए । समयका हिसाबले भने मिल्नरले कम समयमा त्यो सफलता प्राप्त गरेका छन् । रुनीले त्यो सिजन कुल ७ सय ६५ मिनेट र नेयमारले ७ सय ९७ मिनेट खेलेका थिए । मिल्नरले च्याम्पियन्स लिगमा यो सिजन ४ सय ५२ मिनेट खेल्ने अवसर पाएका छन् ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.