default_image

8 years ago

April 5, 2018

ग्रिजमनमाथि युभेन्ट्सको नजर

84 views

0 Bookmark

रोम (एजेन्सी)– सिरि ‘ए’ महारथी युभेन्ट्सले एट्लेटिको म्याड्रिडका स्टार एन्टोनियो ग्रिजमन भित्राउन बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । छ पटकको इटालियन च्याम्पियनले नयाँ सजिनका लागि फ्रान्सेली युवा स्ट्राइकर भित्राउने लक्ष्य राखेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ग्रिजमनले यो सिजनको अन्त्यसँगै एट्लेटिको छोड्ने लगभग निश्चित जस्तै भएपछि बार्सिलोनाले पनि उनीमाथि चासो देखाउँदै आएको छ । च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार रियल म्याड्रिडसँग पराजित भएको युभेन्ट्सले आफ्नो आक्रमणलाई अझै चुस्त बनाउन २७ वर्षे ग्रिजमनलाई भित्राउने योजना बनाएको हो ।

ग्रिजमनले क्लबले छाड्ने निश्चित भएपछि उनलाई भित्राउन क्लबहरुबीच प्रतिस्पर्धा चल्ने निश्चित छ । त्यसमध्ये बार्सिलोना एक हो । म्यानचेस्टर युनाइटेडले भने ग्रिजमन भित्राउने योजना स्थगित गरिसकेको छ । युनाइटेडका प्रशिक्षकले जाजे माउरिन्होले जारी सिजनमा रियल सोसिडाडका पूर्व खेलाडीलाई भित्राउन इच्छा राखेका थिए ।

तर, रुमेलु लुकाकु र अहिले पछिल्लो पटक एलेक्स सान्चेजलाई भित्राएपछि माउरिन्होले पुरानो योजना छाडेका छन् । विश्व फुटबलमा ग्रिजमन शीर्ष आक्रमक खेलाडी मध्ये एक मानिन्छन् । यदि युभेन्ट्स उनलाई लान सफल भएमा युभेन्ट्सको पनि अग्रपक्ति युरोपियन क्लबमध्येको शसक्त हुने विश्वास लिइएको छ ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.