default_image

8 years ago

April 5, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकपको सेमिफाइनलमा, मनाङ फेरि पराजित

102 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सहिद मैदानमा बिहीबार भएको दिवा रात्री खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

Bimal Three Star

रुस्लान थ्री स्टारका विमल घर्तीमगर । फाइल तस्बिर

१–० ले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारले नजिता आफ्नो पक्षमा पारेको थियो । विशाल राईले १९ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । विमल घर्ती मगरको गोलमा थ्री स्टार खेलमा फर्केको थियो । विमलले ७२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ७५ औं मिनेटमा मार्टिन्सले गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो ।

मार्टिन्सकै गोल खेलको निर्णायक बन्यो । उनी खेलको म्यान अफ दी म्याच बने र उनले १० हजार रुपैयाँ प्राप्त गरेको थियो । यो सँगै थ्री स्टारले यो सिजन मनाङलाई सबै पाँच खेलमा हराएको छ । तीन दिन अघि बुटवलमा भएको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टारले मनाङलाई २–१ ले हराएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.