8 years ago
April 6, 2018
विराटनगर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । आर्मीले यो सिजन सात वटा नकआउट उपाधि जितिसकेको छ । आर्मीको जितमा विमल पाण्डे नायक बने । विमलले ६८ औं मिनेटमा हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो ।कप्तान भरत खवासको कर्नरलाई हेडमार्फत बललाई विमलले पोष्टको दिशा दिएका थिए । दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोलकिपर मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले आर्मीको प्रहार रोक्न सकेनन् ।
क्वाटरफाइनलमा आर्मी अर्को विभागिय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पारजित गर्दै अघि बढेका थिए । विपक्षीको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको झापा तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएपनि आर्मीसँग सिजनको तेस्रो हार बेहोर्न बाध्य भयो । झापाले यस अघि घरेलु मैदानमा आर्मीसंग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा गुमाएको थियो । त्यसअघि झापाकै सताक्षी गोल्डकपको सेमिफाइनलमा झापा आर्मीसँग ३–० ले पराजित भएको थियो ।
स्ट्राइकर कर्ण लिम्बु जम्न नसक्नु झापाका लागि थप दबाब बन्यो । उनको ठाँउमा खामिर गिल्सन कान्दङवाले ८३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । झापालाई रक्षक दिलेन लोक्तामको अभाव खड्कियो । मोरङसंगको खेलमा चोटग्रस्त भएपछि दिलेन सेमिफाइनलमा मैदान बाहिर रहे । गोलका लागि आठवटा सुन्दर अवसरको सुदपयोग गर्न नसक्दा झापा विराट गोल्डकप आयोजकले प्रदान गरेको ३० हजार रुपैयाँ म्याच मनी बोकेर घर फर्कन बाध्य भयो ।
बारम्बार पोष्ट एट्याक गरिरहे पनि फिनिसिङ कमजोर हुँदा झापाले विपक्षी बार भत्काउन सकेन । १० औं मिनेटमा विदेशी खेलाडी अवुवकार याकुवुको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले फर्काइदिंदा झापाले सुरुवाती अग्रता लिने राम्रो मौका गुमायो । विकेशले फर्काउको बलमा विश्वास श्रेष्ठले पुन प्रहार गरे पनि रक्षक दिपक गुरुङले ‘क्लियर’ गरिदिए ।
३५ औं मिनेटमा विदेशी खेलाडी माइकलको प्रहारलाई पनि आर्मीका सुमन अर्यालले ‘क्लियर’ गरेर आर्मीको ठूलो संकट टारिदिए । ३७ औं मिनेटमा माइकलको प्रहार दायाँ बार हुँदै बाहिरियो । ३९ औं मिनेटमा देवेन्द्र तामाङको प्रहार पोष्टमाथिबाट बाहिरियो । ४३ औं मिनेटमा कर्णको लामो प्रहारमा माइकल चुक्दा पहिलो हाफमा झापाले अग्रता लिन सकेन ।
निरन्तर आर्मीको दबाव झेलिरहेको झापाका माइकल ७९ औैैं मिनेटमा वान भर्सेस वानमा चुके । ८८ औं मिनेटमा योगेश गुरुङको उत्कृष्ट प्रहारमा आर्मीका गोलकिपर विकेश बाधक बन्दा झापाका लागि खेलमा फर्कने राम्रो अवसर खेर गयो । आर्मीले गोल गर्नका लागि तीनवटा अवसर मात्रै पाएको थियो ।
आर्मीले पहिलो हाफमा २३ औं मिनेटमा एउटा मात्रै अवसर पाएको थियो । टंक बस्नेतको हेड प्रहारले पोष्ट नदेखे पनि आर्मीले विपक्षीलाई भने नियन्त्रणमा राख्न सक्यो । अन्तिम समयमा स्टार खेलाडी नवयुग श्रेष्ठको प्रहार झापाका गोरकिपर किरण बाधक बन्दा आर्मीले दोस्रो गोल थप्न सकेन ।
झापाका प्रशिक्षक प्रवेश कटवालले गोल गर्नका लागि पाएका राम्रा अवसरमा खेलाडी चुक्दा आर्मीसंग सिजनमा तेस्रो हार बेहोर्नु परेको प्रतिक्रिया दिए । उनले रेफ्रीको गलत निर्णय पनि हारको मुख्य कारण बनेको बताए । ‘थ्रो दिनु पर्ने बललाई रेफ्रीले कर्नर प्रहारको मौका दिए,’ कटवालले भने, ‘त्यही कर्नर हाम्रा लागि अभिसाफ बन्यो ।’
आर्मीका प्रशिक्षक नविन न्यौपानेले झापाका विदेशी खेलाडीलाई विशेष ‘मार्किङ’ गर्ने रणनीति सफल हुँदा जित हात परेको बताए । ‘खेलाडी ‘मार्किङ’ सवालमा हाम्रो रणनीति सफल भयो,’ उनले भने, ‘खेलाडीले ड्युटी पूरा गर्दै उत्कृष्ट लय समाउँदा नतिजा हाम्रो पक्षमा आयो ।’
आर्मीका कप्तान भर खेलको म्यान अफ दी घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
विराट गोल्डकपमा शनिबारको दोस्रो सेमिफाइनल
सिएमजी क्लब संकटा क्लबविरुद्ध रुस्लान थ्रीस्टार
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]