default_image

10 years ago

January 19, 2016

सहारा आहा राराको क्वाटरफाईनलमा प्रबेस

160 views

0 Bookmark

‘१३ औं साग पोखरामा वेस बनाएर गर्न अहिले देखि तयारी गर्नुहोस सदस्य सचिव विष्ट’

पोखरा – नव जन जागृति युवा क्लव, सिमरालाई आयोजक सहारा क्लवले वदला लिदा सहारा मंगलबार देखि पोखरामा सुरु भएको १४ औं संस्स्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले नव जन जागृतिलाई ३–० ले पराजित गर्दै गत बर्षको वदला लिएको हो ।

सहाराको जितमा म्यान अफ दी म्याच घोषत एल्भीस, जी मार्टीयल र कमल थापाले एक एक गोलको योगदान दिए । खेलको छैटौं मिनेटमा एल्भीसले मैदानको मध्यभागबाट एक्लै अघि बढाएको वल डि वक्स नजिकैबाट विपक्षि गोलरक्षक रवि थापालाई विट गरी डिफेन्समा रहेका जनक कार्कीलाई छल्दै गोल गरेका हुन ।

पहिलो हापमा १–० ले पछि परेको नव जनजाग्रिंतिले दोश्रो हापमा पनि पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा ३–० को हार व्यहोर्नु पर्यो । खेलको ५२ औं मिनेटमा बुद्ध तामाङले हानेको कर्नर वललाई जी मार्टियलले गोल गरी सहारोको जित सुनिस्चित गरे । खेलको ८३ औं मिनेटमा कमल थापाले पाएको वान भर्सेस वान वललाई सदुपयोग गरी गोल अन्तर फराकिलो पारे । नव जन जाग्रितिका कप्तान अब्बा, रमेश घिसिङ र अजय विकेले पाएका केहि अवसर सदुपयोग हुन नसक्दा यस बर्षको आहा रारा को पहिलो खेलबाटै विट मार्नु पर्यो ।

नवजन जागृतिसंग गत बर्ष उद्घाटन खेलमा हार व्यहोरेको सहाराले यस बर्ष बदला लिदै आहा राराको क्वाटरफाईनलमा यात्रा पक्का गरेको हो । पोखराका खेलाडी उत्तम गुरुङको कप्तानमा मैदानमा उत्र्रिएको सहाराले एक तर्फी ३ गोल बर्षाय पछि खेल सकिन बाँकी रहे नि केहि दर्शकहरु भने बाहिरिएका थिए । सहाराले सेमिफाईनल यात्राको लागि माघ ९ गते भारतको युनाईटेड सिक्किमसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । गत बर्ष निर्धारित समयमा दुबै तर्फ ३÷३ गोल भई टाईब्रेकरमा ५–४ ले सिकार बन्दै पहिलो चरणबाटै सहारा बाहिरिएको थियो ।

उद्घाटन खेलमा दुबै तर्फ अफ्रिकि मुलका ३÷३ जना विदेशी सहित युवा तथा पाका खेलाडीहरु मैदाना उत्र्रिएका थिए । नव जन जागृतिका प्रशिक्षक उमेश श्रेष्ठले आफुहरुले पाएका राम्रो ३ वटै अवसरहरु सदुपयोग हुन नसक्दा हार व्यहोर्नु परेको बताए । उनले भने “हामीले सुरैमै गोल खाएर दवावमा पर्यौं, खेलमा लक चाहिदो रहेछ राम्रो खेल्दा खेल्दै गोल हुन सकेन । ” सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलको सुरुमै गोल भएको कारणले गर्दा नवजन जागृतिसंग गत बर्षको वदला लिने मौका पाएको बताए । पहिलो खेल भएको भएर पनि आफुहरु
पनि बढी दबाबमा परेकोले अर्को खेलमा अझ बढी तालमेल मिलाउने उनले बताए । भोलिको खेल सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध भारतको भारतीय आर्मी गोर्खा ब्रिगेट बिच हुने भएको छ ।

sahara aaha

sahara aaha2

sahara aaha3

सहारा एकेडेमीको सहयोगार्थ पोखरामा संचालन भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिसदका सदस्य सचिव केशव कुमार विष्टले आगामी १३ औं साग नेपालमा गर्ने नेपालको पनि पोखरामा आधार बनाएर आयोजना गर्ने बताए । उनले भने “अब यस क्षेत्रका सवै राजनीतिक दलहरु सहित खेलकुदकर्मी एवं संघ संस्थाहरु आजैबाट जुटनुहोस यहाँ साग गेम आयोजना गर्नको लागि भौतिक संरचना निमार्ण गर्नको लागि । ” पोखरामा साग गेम हुन सके पोखरा क्षेत्रको खेलकुद, पर्यटन सहित यहाँको आर्थिक विकासमा कायपलट हुने उनले
दाबी गरे। सहारा क्लवले आयोजना गरेको आहा रारा गोल्ड कप र सहारा एकेडेमीको लागि आगामी बर्ष देखि राखेपले रातो कितावमै उल्लेख हुने गरी सहयोग गर्ने आश्वासन समेत दिए ।

मुख्य प्रायोजक हिमश्री फुड्का निर्देशक प्रकाश केसीले सहाराको पवित्र कार्य देखेर आफुहरुले निरन्तर रुपमा प्रायोजन गर्दै आएको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने वचन दिए । साम्सद तथा नेपाली कागेेंस कास्कीका सभापति यज्ञ बहादुर थापाले पोखरा रंगशालाको भिआईपि प्याराफिट निमार्णमा आफुहरुले सहयोग गर्न तयार भएको बताए ।

उक्त अवसरमा पुर्व फुटवल खेलाडी क्याप्टेन गणेश गुरुङ्ग सम्मानित भएका छन । फुटवल खेलको विकासमा लामो समय देखि लाग्दै आएका क्याप्टेन गुरुङलाई उक्त प्रतियोगिताको उद्घाटन सत्रको अवसरमा प्रमुख अतिथि राखेपका सदस्य सचिव विष्ट, क्लवका अध्यक्ष विरभद्र आचार्यले सम्मान पत्रको साथमा दोसला सहित खादा र माला लगायर सम्मान गरेका हुन । कास्की जिल्ला खिलाङ्ग पार्चे गा. वि. स. वडा नं. ३ निवासी बुवा गुमानसि गुरुङ्ग आमा लाल कुमारी गुरुङ्गको कोखबाट सन १९४२ जन्मेका उनी वि. सं. २०१६ साल देखी २०३८ साल सम्म फुटबल खेलमा आफुलाई समर्पित गराएका थिए । त्यसै गरी एनआरएन वेलायका अध्यक्ष मुछेत्र गुरुङलाई कार्यक्रममा स्वागत तथा वदाई ज्ञापन समेत गरीएको थियो ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउनको मुख्य प्रायोजन रहेकोे उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता रहेको छ । जिसि ईलेक्ट्रोनिक्सका संचालक प्रेम बहादुर जिसीले एक लाख एक हजार र समाजसेवि बुद्ध गुरुङले ५१ हजार नगद क्लवलाई सहयोग प्रदान गरेका थिए । क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रतियोगिता संयोजक केशव बहादुर थापा र महासचिव केशवराज बराल लगायतले वोलेका थिए । उक्त प्रतियोगिताको उद्घाटन खेलको दोश्रो हापमा पानसमा दिप प्रज्वलीत गरी राखेपका सदस्य सचिव केशव कुमरा विष्टले उद्घाटन गरे
भने प्रतिकुल मौसमका कारणले जहाज समयमै उड्न नसेको कारणले गर्दा विष्ट समयमै उपस्थित हुन नसक्दा वल हस्तान्तरण साम्सद यज्ञ बहादुर थापा र हिमश्री फुड्का निर्देशक प्रकाश केसीले वेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

समाचार – दिनानाथ बराल

तश्बिर – सुदर्शन रन्जित

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.