default_image

8 years ago

April 7, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकपको फाइनलमा, विमल म्यान अफ दी म्याच

112 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– सिजनमा दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

थ्रीस्टारले उपाधिका लागि सोमबार वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यी दुई टोलीले यो सिजन ११ नकआउट उपाधि जितेका छन् । आर्मीले ७ वटा उपाधि जित्दा थ्री स्टारले ४ उपाधि आफ्नो नाममा लेखाएको छ ।

संकटाविरुद्ध जित दिलाउन विदेशी खेलाडी मार्टिनले २ तथा बुद्ध चेम्जोङ र विमल घर्तीमगरले समान १ गोल गरे । थ्रीस्टार मनाङ मस्र्याङदी र संकटा एपिएफलाई हराउँदै अन्तिम चारमा पुगेका थिए । थ्रीस्टारले ४३ औं मिनेटमा मार्टिनको गोलबाट खेलमा अग्रता बनाएको थियो । विमलको पासमा मार्टिन्सले पहिलो गोल गरेका थिए ।

५५ औं मिनेटमा बुद्धले टोलीका लागि दोस्रो गोल गरे । कप्तान नीराजन खड्काको प्रहारलाई गोलकिपरले ‘क्लियर’ गर्न नसकेको फाइदा उठाउँदै बुद्धले बललाई पोष्टको दिशा दिएका थिए । मार्टिन्सले ७६ औं मिनेटमा अर्को गोल थपे । रुपेश केसीको क्रसमा मार्टिन्सले गोल थपेका थिए । पहिलो गोलमा पास दिएका विमलले ७९ औं मिनेटमा गोल गरे । मध्यभागबाट एक्लै अघि बढेका विमलले त्यो मौका खेल जान दिएनन् र गोल गरे ।

थ्रीस्टार ८ औं मिनेटमा अग्रता लिनबाट चुक्यो । खाली पोष्टमा विजय धिमाल चुक्दा अग्रता लिन ४३ औं मिनेट सम्म पर्खनु प¥यो । ३९ औं मिनेटमा बुद्धको प्रयास पनि असफल भयो । ४१ औं मिनेटमा कप्तान निराजन पनि चुके । १५ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिंदा संकटा थ्रीस्टारलाई दबाबमाराख्नबाट चुक्यो । ४२ औं मिनेटमा सुनिलकै प्रहारमा थ्रीस्टारका गोलकिपर एलन न्यौपाने बाधक बने ।
६२ औं मिनेटमा लक्ष्मण रुचालले विपक्षी अवरोधलाई छिचोल्दै मिलाइदिएको बलमा विदेश खेलाडी फोडे ढिलो हुँदा संकटा खेलमा फर्कन सकेन । इन्जुरी समयमा जिब्रेलको प्रहार पोष्टमाथिबाट बाहिरिंदा संकटाले सान्त्वान गोल पनि फर्काउन सकेन । सिजनमा १० वटा प्रतियोगितामा सहभागी थ्रीस्टार विराट गोल्डकप सहित गरेर आठवटामा फाइनलमा पुगेको टिम हो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा थ्रीस्टारलाई ‘डोमिनेट’ गर्नसके पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दर्भाग्यपूर्ण भएको बताए । उनले ‘होल्ड’ गर्दा गर्दै सुरुवाती गोल खानुनै खेलको ‘टर्निङ’ प्वाइन्ट बन्न पुगेको प्रतिक्रिया दिए । ‘एउटा सानो गल्तीले गर्दा सुरुवाती गोल खाइयो,’ उनले भने, ‘एक गोल खाएपछि तालमेल गुमाउँदै खेलाडी हतारिएर खेल्न थाल्नु पनि हारको मुख्य कारण बन्यो ।’

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले संकटा विरुद्धको उत्कृष्ट प्रदर्शनले नै सहज जित दिलाएको बताए । उनले भने, ‘संकटा विरुद्ध राम्रो प्रदर्शन गरे पनि मनाङसंग जत्तिको उत्कृष्ट प्रदर्शन भने खेलाडीले देखाउन सकेनन् ।’ विमल खेलको म्यान अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.