10 years ago
January 22, 2016
दिनानाथ बराल
पोखरा, ७ माघ
विभागिय टोली त्रिभुवन आर्मी क्लव जाउला खेल युथ क्लवलाई पन्छाउदै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ ।
पोखरा रंगशालामा विहिबार भएको तेश्रो प्रि–क्वाटर फाईनल खेलमा आर्मीले जाउला खेल युथ क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थाप पक्का गरेको हो । आर्मीको जितमा जितेन्द्र कार्की र दिपक गुरुङले एक एक गोलको योगदान दिए । आर्मीले सेमिफाईनल यात्राको लागि माघ ११ गते रुस्लान थ्रि स्टार क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।
खेलको सुरुवातमै आक्रमक शैलिमा प्रस्तुत भएका दुबै टोली विचको खेल १० मिनेटमै परिवर्तन भयो । खेलको १० औं मिनेटमा आर्मीका राजीप गुरुङलाई विपक्षि खेलाडी कालु थापाले डि एरीयामा लडाए पछि रेफ्रि रविन्द्र महर्जनले दिएको पेलाल्टीको अवसरलाई आर्मीले सदुपयोग गर्न सफल भयो । जितेन्द्र कार्कीले पेनाल्टी गोल गरे । खेलको ४ मिनेटको ईन्जुरी समयमा म्यान अफ दी म्याच घोषित दिपक गुरुङले गोल गरे । डिवक्स नजिकै रहेका उनले दोश्रो वार च्याप्दै प्रहार गरेको वलले जाली चुमेको हो । ईन्जुरी समय ५ मिनेट
थपिएको थियो । नया खेलाडीहरु लियर मैदानमा उत्र्रिएको जाउला खेलले विभागिय टोली विरुद्ध अनुभवी खेलाडीहरु मैदानमा उतार्दा पराजित हुनु पऱ्यो ।
नया तथा जोसिला खेलाडीहरु भए पनि आर्मि बिरुद्धको खेलमा गोल गर्ने राम्रा अवसर जुटाउन नसक्दा जाउला खेल यस बर्षको आहा राराबाटै यात्रा टुंगाएको हो । खेलको ५३ औं मिनेटमा डि–वक्स नजिकैबाट गोलकिपर विट भएको अबस्थामा जाउला खेलका अनिल गुरुङ चार्ज गरेको वललाई गोललाईन बाटै आर्मीका दिपक गुरुङले उत्कृष्ट बचाउ गरे ।
जाउलाखेलका प्रशिक्षक राजकुमार केसीले आफुहरुसंग नया खेलाडीहरु भएकोले राम्रो तालमेल मिल्न नसेकेको कारणले गर्दा पराजित हुनु परेको बताए ।
आर्मीका प्रशिक्षक मेघराज केसीले यो सिजनमा पहिलो खेल भएकोले गर्दा आफुहरुको जित भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको बताए । आर्मी बिरुद्ध जाउलाखेलले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा कहि दर्शक निरास हुदै आफ्नो गन्तव्यमा लागेका थिए ।
भोलि सुक्रबार अन्तिम प्रि–क्वाटरफाईनल खेल विभागिय टोली नेपाल पुलिस बिरुद्ध रमपम झापा ११ बिच दिउासो २ बजे पछि हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए । सहारा एकेडेमीको सहयोगार्थ जारी आहा रारा गोल्ड कपमा दर्शकको सङख्या बढ्दै आएको क्लवले जनाएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]