8 years ago
April 13, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका लागि उच्च प्रदर्शन गर्दै आएका मोहम्मद सालाह मार्चका लागि प्रिमियर लिगको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । यो सिजन उनी प्लेयर अफ दी मन्थ घोषित भएको यो तेस्रो पटक हो । इजिप्टियन फरवार्ड यसअघि नोभेम्बर र फेब्रुअरीमा प्लेयर अफ दी मन्थ घोषित भएका थिए ।
एकै सिजन तीन पटक प्लेयर अफ दी मन्थ घोषित हुने साहाल पहिलो खेलाडी समेत बनेका छन् । योर्गन क्लोपको प्रशिक्षणमा २५ वर्षे साहाल फरक खेलाडीका रुपमा प्रस्तुत भएको विश्वास गरिएको छ ।उनले यो सिजन प्रिमियर लिगमा २९ गोल गरिसकेका छन् । उनले मार्चमा मात्र ६ गोल गरेका थिए । टोटेनह्यामका हेरि केनभन्दा ४ गोलले अघि रहेका सालाह गोल्डेन बुटको मुख्य दाबेदार हुन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]