default_image

8 years ago

April 14, 2018

प्रिमियर लिगमा चेल्सीको उत्कृष्ट पुनरागमन

90 views

0 Bookmark

साउथह्याम्टन (एजेन्सी)– चेल्सीले उत्कृष्ट पुनरागमन गर्दैै इङ्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई शनिबार ३–२ ले हराएको छ । २–० ले पछि परेको खेल उल्टाउँदै अर्को सिजन च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जीवित राखेको छ ।

६० मिनेट सम्म २ गोलले पछि परेको चेल्सीका लागि ओलिभर जिराउडले बेन्चबाट गएर निर्णयकसहित २ गोल गरेपछि चेल्सीले जित हासिल गरेको थियो । डुसन टाडिकको गोलबाट २१ औं मिनेटमा साउथ ह्याम्टनले अग्रता लिएको थियो भने ६० औं मिनेटमा जान बेन्डारेकले अर्को गोल गरेका थिए ।

६१ औं मिनेटमा अल्भारो मोराटाको ठाँउमा मैदान प्रवेश गरेका जिराउडले ६५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे । ७५ औं मिनेटमा इडेन हाजार्डले बराबरी गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । खेलको रोमाञ्चकता त्यतिमा टुंगिएन ।

खेल सकिन १२ मिनेट बाँकी रहँदा जिराउडले अर्को गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए । जितपछि पाँचौं स्थानको ६० अंक पुगेको छ । म्याचेस्टर सिटी (८४)शीर्षस्थानमा छ भने म्यानचेस्टर युनाइटेड (७१) दोस्रो, लिभरपुल (६७)तेस्रो र टोटेनह्याम (६७) चौथो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.