default_image

8 years ago

April 14, 2018

ला लिगामा बार्सिलोनोको कीर्तिमान

101 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहेपनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ । बार्सिलोनाले शनिबारको जितसहित ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ ।

भ्यालेन्सियालाई २–१ ले हराएसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो । यसअघि १९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलको अपराजित कीर्तिमान राखेको थियो ।

घरेलु मैदानमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५१ औं मिनेटमा उम्टिटीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा पेनाल्टीमा गोल फर्काउँदै भ्यालेन्सियाले गोलअन्तरलाई कम गरेको थियो । डानियल पारेजोले पेनाल्टीमा गोल गरेका हुन् ।

३२ खेलपछि बार्सिलोना ८२ अंकसहित शीर्षस्थानमा यथावत छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको ६८, भ्यालेन्सियाको ६५ र रियल म्याड्रिडको ६४ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.