default_image

8 years ago

April 15, 2018

‘रियलको इष्र्या गर्नेहरु छन्’– प्रशिक्षक जिदान

124 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– प्रशिक्षक जिनेदिन जिदानले कतिपयले रियल म्याड्रिडको इष्र्या गर्ने गरेको आरोप लगाएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पराजित भएपछि युभेन्ट्सका खेलाडीले दिएको प्रतिक्रियापछि जिदानको यस्तो भनाई आएको हो ।

zidane ronaldo

क्वार्टरफाइनल दोस्रो लेगको अन्त्यतिर गोलकिपर जियानलुइजी बुफोनले रेड कार्ड दर्शन गर्नु परेको थियो भने रियलले पेनाल्टी पाएको थियो । त्यहि विषयमा बुफोन र युभेन्ट्सका अन्य खेलाडी आक्रामण शैलीमा प्रस्तुत भएका थिए । ‘जसरी हामीलाई भनियो र त्यहाँ जे भयो त्यो साच्चै लाजमर्दो थियो । हामीले त्यो नतिजा चोरेको शैली प्रतिक्रिया आए,’ जिदानले भने,‘ मान्छेहरुको सोच त्यति सम्म हुन्छ भन्ने मैले कल्पनामा थिइन् ।’

दोस्रो लेगमा रियल ३–० ले पछि पर्दा आफु आश्चार्यमा परेको उल्लेख गर्दै जिदानले अगाडि भने,‘ तर, फुटबलको सुन्दरता भनेकै त्यहि हो । त्यस्तो होला भन्ने मैले नि कल्पना गरेको थिइन् । तर भयो । समय बित्दै जान्छ । केहि घटना तपाईका विपक्षमा हुन सक्छन् ।’

बुफोनका प्रतिक्रियामाथि पनि जिदानले टिप्पणी गरेका छन् । ‘त्यो क्षणलाई लिएर बुफोनको प्रतिक्रिया मैले पनि मैले पढे । त्यो समयमा हामीले उनको भावनालाई स्वीकार्नुपर्दछ,’ उनले थपे,‘ तर, अघिल्लो चरण पुग्न हकदार थियौं । मेरो चासो त्यसमा हो । ’

युभेन्ट्सलाई पहिलो लेगमा ३–० ले हराएको रियल घरेलु मैदानमा ३–१ ले पराजित भएको थियो । इन्जुरी समयमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरेपछि समग्रमा ४–३ को नतिजासहित रियल सेमिफाइनल पुगेको थियो । रियलको सफलताले अरुमा इष्र्या पलाउने गरेको जिदानले आरोप लगाए ।

‘हाम्रो सफलताले केहि मानिसहरुलाई चिन्तित बनाउने गरेको छ । तर क्लबको इतिहास केहिले बदलिन्न । जुन क्लब विश्वकै उत्कृष्टमा पर्दछ’ उनले अन्त्यमा भने,‘पेनाल्टीकै कारण त्यति ठूलो विवाद सृजना गरिनु मेरो लागि सामान्य विषय होइन । यद्दपी युभेन्ट्ले पनि निकै राम्रो खेल्यो । हामी अहिले च्याम्पियन्स लिगको सेमिफाइनलमा छौं । ’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.