8 years ago
April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् ।
पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला र लिभरपुल जस्ता टोलीसँगको खेलमा पनि पहिलो रोजाईमा पर्न सकेका थिएनन् । पछिल्लो पटक म्याचेस्टर डर्बीको खेलमा उनले सिटीविरुद्ध २ गोल गर्दै फर्ममा फर्केको संकेत गरेका थिए । प्रशिक्षक माउरिन्हो पोग्बाले एकरुपताको प्रदर्शनलाई कायम राख्न सकुन् भन्ने चाहन्छन् ।
प्रिमियर लिगमा आइतबार घरेलु मैदानमा वेस्टब्रुमसँग हुने खेलमा २५ वर्षेले फान्सेली स्टार पहिलो रोजाईमा पर्ने सम्भावना छ । ‘सिटीको खेलपछि मैले उनलाई भनेको थिए । हरेक पटक म्यान अफ दी म्याचको प्रदर्शन वा हरेक साता २ गोल गरुन् भन्ने अपेक्षा राख्दिन,’ माउरिन्होले भने,‘ तर, एउटा अवस्थासम्म प्रदर्शनमा एकरुपता भने आवश्यक पर्छ भनेको छु ।’
एकरुपताको प्रदर्शन गर्न सहज नहुने उल्लेख गर्दै माउरिन्होले भनेका छन्, ‘ उनको सधै उच्च प्रदर्शन भएको छैन । कहिले काही खराब पनि भएका छन् । त्यसैले खेलमा स्थिरता आवश्यक छ । उनले जस्तो सिटीविरुद्ध प्रदर्शन गरे त्यसको अपेक्षा रहन्छ ।’ सोमबारदेखि शुक्रबार सम्म हुने अभ्यासले नै पहिलो रोजाईको छनोटमा प्रभाव पार्ने उनले स्पष्ट पारेका छन् ।
‘प्रदर्शनमा स्थिरता ल्याउनका लागि पहिला अभ्यासमा त्यो देखिनुपर्दछ ,’ उनले थपे,‘पछिल्लो केहि सातादेखि उनको मेहनतले काम गरेको छ । म उनीसँग खुसी छु ।’ युभेन्ट्सबाट युनाइटेड पुगेयता यो सिजन उनको स्थान असुरक्षित भएको छ । ८९ मिलियन पाउन्डमा युनाइटेडमा आवद्ध उनले सन् २०१६ मा ५ गोलमात्र गरेर निराश पारेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]